News Portal

रेडियो सुन्नुहोस्

किटघाटमा बन्यो पक्की पुल

झुलेनी नेटवर्क २०८२ फागुन २९ गते
३९६ पटक
२०८२ फागुन २९ गते
       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत ४ करोड ८७ लाख बजेट विनियोजन भएर पुल निर्माण सम्पन्न भएको हो।
पुल निर्माणको ठेक्का आँसु निर्माण सेवा प्यूठानले लिएर समयमअवधिमै निर्माण कार्य सकेको सडक पूर्वाधार कार्यालय प्यूठानका कार्यालय प्रमुख सचितानन्द चौधरीले बताए ।
कार्यालयका अनुसार ४६ दशमलव ८ मिटर लम्बाइ, १० मिटर चौडाइको डवललेन पुल निर्माण सम्पन्न भएको छ।
यहाँ पुल निर्माण भएपछि प्यूठानको नौबहिनी, झिमरुक, प्यूठान नगरपालिका र गौमुखी क्षेत्रका स्थानीयले लाभ लिने स्थानीय ईन्द्रमणी पोख्रेलले बताए ।
झिमरुक खोलामा पुल नहँुदा झिमरुक गाउँपालिका ७ को कुता, तुषारा जाने सवारी साधन बर्खाको समयमा चल्न सक्दैनथे । अब हिउँद बर्खानै गाडी गाउँसम्म चल्ने भन्दै यस क्षेत्रका स्थानीय हर्षित छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...