News Portal

रेडियो सुन्नुहोस्

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

झुलेनी नेटवर्क २०८२ फागुन २९ गते
३११ पटक
२०८२ फागुन २९ गते
    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि हिजोआज भौतिक पूर्वाधारका काम भइरहेका छन् ।
नौबहिनी गाउँँपालिकाको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र बाहाने बजारलाई जोड्ने दम्ती–धाईरे,धाइरे– अँधेरी सडक खण्ड अन्तर्गत नाला निर्माण, मेसिनरीवाल, कचवय निर्माण लगायतका काम भइरहेको कार्यालयले जनाएको छ  ।
उक्त बाटो १२ करोड लागतमा निर्माण गर्न लागिएको छ । सडकलाई ६÷६ करोडका दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको कार्यालयले जनाएको छ। पहिलो खण्ड अन्तर्गत दम्ती– धाईरे र धाईरे–अँधेरी दोश्रो खण्ड कायम गरी शहरी विकास तथा भवन कार्यालय दाङले ठेक्का निकालेर सम्झौता गरेको कार्यालय प्रमुख ईश्वरी देवकोटाले बताए ।
दम्ति–धाइरे खण्ड एजी कन्ट्रक्सन र  धाइरे– अँधेरी खण्ड हरियाली निर्माण सेवाले काम गर्ने गरी ठेक्का सम्झौता भएको कार्यालय प्रमुख देवकोटाले बताए  । ५ हजार १ सय ६० मिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने काम २०८३ असार मसान्तसम्म सम्पन्न गर्नेगरी निर्माण कम्पनीहरुसँग सम्झौता भएको कार्यालयले जनाएको छ ।
  यस क्षेत्रको  अँधेरी –बाहाने  सडक खण्ड भने सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत ठेक्का भएपनि काम समयमै हुन सकेको छैन । यो खण्डमा सत्यवती निर्माण सेवा निर्माण कम्पनीले समयमै निर्माणको काम नगरेर अलपत्र पारेको स्थानीयको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...