News Portal

रेडियो सुन्नुहोस्

सफा वातावरण: स्वस्थ जीवन

सीता न्यौपाने
९८०१ पटक

जल, थल, आकाश ,वायु ,अग्नि लगायत प्राकृतिक र कृतिम अवयबहरुको समष्टि बाताबरण हो । यो भौतिक र जैविक गरि २ प्रकार को हुन्छ । यहि वातावरणमा मानिस र जीव जन्तुको जीवन प्रक्रिया सञ्चालन हुन्छ। वातावरण र जीवन बिच नङ र मासुको जस्तो घनिष्ठ सम्बन्ध हुने भएकाले वातावरण बिना जीबन कल्पना गर्न सकिदैन ।

पोलुसनको सोलुसन मानिससंगै छ तर हामी यति मुर्ख छौं ,गाउँ पाखा उजाड बनाई बगैचामा छ्हारी खोज्न पछि पर्दैनौ।

तसर्थ यी २ एक अर्काका परिपुरक हुन।वातावरण जति स्वच्छ र सफा हुन्छ त्यतिनै यहाँ रहने जीवन पद्धति स्वच्छ र सन्तुलित हुन्छ । तर विडम्बना हामी विकासका नाममा प्रकृति माथि नै विजय प्राप्त गर्न खोज्छोँ।सुन्दर वातावरण तहस नहस पारिरहेका छौँ। ती भावी पुस्तालाई नजन्मिदै मारिरहेका छौँ। न त खाने खाना स्वस्थ छ न त फेर्ने सास नै ,सभ्यताको मुहान भनिने शहरमा नाक थुनेर हिड्नु परेको छ।फोक्सो ,मुटु क्यान्सर जस्ता घातक रोगका कारण दैनिक जसो हजारौंले ज्यान गुमाउनु परेको छ।विचरा ती पशुपंक्षि र किरा फट्याङराको के दोष…….।

विवेकशील मानिसका अविवेकी क्रियाकलापलका सिकार भएका छन्।वातावरण प्रदुषणका कारण जलवायू परिवर्तन भएको छ । बाढी पहिरो भुक्षय असिना तुसारो लगायत विभिन्न विपतको सामना गर्नु परेको छ ।वातावरण बिनाशमा विकाशसिल देशको जति ठूलो भुमिका हुन्छ विकासोन्मुख देशको कम भए पनि त्यस्को असर सबैले उत्तिकै भोग्नुपरेको छ ।

अव्यवस्थित शहरीकरण, आणविक भट्टिको प्रयोग, फोहोर व्यवस्थापन नहुनू, अवैज्ञानिक विकास निर्माण प्रक्रिया, वन विनास आदि वातावरण दुषितका प्रमुख कारण हुन् ।जसका कारण पू्र्खाले जोगाई राखेको त्यो स्व्च्छ सफा र सुन्दर वातावरण आज उकुसमुकुस लाग्न थालेको छ । पोलुसनको सोलुसन मानिससंगै छ तर हामी यति मुर्ख छौं ,गाउँ पाखा उजाड बनाई बगैचामा छ्हारी खोज्न पछि पर्दैनौ। घरको फोहोर बाटोमा फाल्छौँ चर्पिको फोहोर पानीमा मिसाउछौँ , हामी नाक थुन्दै हिड्छौँ अनि एक पोका फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई टुलुटुलु हेरिरहन्छौँ। फ्रिजको पानी र एसीको हावाले क्षणिक आनन्द त मिल्ला तर प्रकृतिले दिएको छल्छली बग्ने झरनाको चिसो पानी र सुसाउदो हावाको जस्तो स्वर्गानुभुती कदापी मिल्दैन ।

हामीले नगरे कल्ले गर्ने अहिले नगरे कहिले गर्ने ,स्वच्छ वातावरण नै हाम्रो धन हो भन्ने यथार्थलाई आत्मसात गर्दै वातावरण संरक्षणमा आजैदेखि जुटौँ।

वातावरण कुनै नौलो एजेन्डा होईन र हाम्रो आन्तरिक समस्या पनि ।यसका समाधानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरु भएका छन ।जैविक विविधता सम्बन्धि महासन्धि सन् १९९२ मा ब्राजिलमा भएको रियो घोषणामा पनि नेपालले सहमति जनाइसकेको छ । नेपालको संविधान २०७२ को धारा ३० ले स्व्च्छ वातावरणको हक प्रदान गरेको छ ।त्यस्तै यस सम्बन्धि ऐन नीति नियम कानुन थुप्रै छन् तर अवस्था भयावह बन्दै गइरहेको छ । “लागु गरौं कानुनका दफा दफा रुख रोपौँ बनाउँ वातावरण हरियाली र सफा“ अर्थात् हामीले नगरे कल्ले गर्ने अहिले नगरे कहिले गर्ने ,स्वच्छ वातावरण नै हाम्रो धन हो भन्ने यथार्थलाई आत्मसात गर्दै वातावरण संरक्षणमा आजैदेखि जुटौँ। एक गाउँ एक पोखरी ,एक गाउँ एक उत्पादन , फोहोरलाई मोहोरमा बदली उचित ब्यवस्थापन गरौँ। उद्योगधन्दामा प्रदुषण कम गर्ने प्रविधिको प्रयोग गरौँ जैविक मल प्रयोग गरौँ ।घर सडकका छेउ र खाली जमिनमा रुख रोपि हरियाली बनाऊ। १ रुख रोपे २५ रुख रोप्ने नीति पालना गरौँ । विकास निर्माणका कार्य गर्दा वातावरण उचित मुल्यांकन गरौँ । नविकरणिय उर्जाको प्रयोग गरौँ।

कार्बन उत्सर्जन घटाउँदै जाउँ अनि बल्ल रहन्छ हामी बस्ने बास ,सफा रहन्छ वातावरण, स्वस्थ रहन्छ जीवन। तसर्थ स्व्च्छ वातावरणमा जिउने हाम्रो हक हो भने वातावरण सफा राख्ने हामी सबैको कर्तव्य हो । हामी सबै मिली सभ्य नागरिकको परिचय दिउँ । सफा रहौ, स्वस्थ बनौ ।अनि मात्र हाम्रो समृद्धिको बलियो आधार तयार हुनेछ।

-लिस्ने जनसञ्चार साप्ताहिक मा प्रकाशित।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...