News Portal

रेडियो सुन्नुहोस्

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

सिखबर संवाददाता२ फागुन
८५१ पटक
२ फागुन

नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।
उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो । ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।

नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जीन’ नदेखिने र यी १३ जनामा पनि परीक्षण गर्दा ‘एस जीन’ नदेखिएकोले नयाँ प्रकारको भाइरस पुष्टि भएको, तर यसअघि बेलायतबाट फर्किएका तीन जनामा देखिएको खालको भेरियन्ट हो वा हैन भन्ने निश्चित छैन’ डा. पौडेलले भने, ‘नयाँ स्वरुपको भाइरसको आशंका गरेको केही दिन भयो हामीले अझै कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’

हाल नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने ९ जीन सिक्वेन्सिङ० प्रविधि छैन, यसअघि गत माघमा पनि बेलायतबाट आएका नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।

पाँच जनामध्ये ३ जनामा नयाँ ‘भेरियन्ट’को भाइरस देखिएको थियो । अहिले पनि जिन सिक्वेन्सिङको लागि पठाउन नमुना तयार गरिएको डा। पौडेलले बताए ।

‘संक्रमण देखिएका कसैमा पनि कुनै स्वास्थ्य समस्या देखिएको छैन’ डा। पौडेलले भने, ‘ अहिले आशंका गरिएकाहरु काठमाडौं, पोखरा लगायतका ठाउँका छन् ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...