News Portal

रेडियो सुन्नुहोस्

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

सिखबर संवाददाता२ फागुन
९९५ पटक
२ फागुन

नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।
उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो । ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।

नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जीन’ नदेखिने र यी १३ जनामा पनि परीक्षण गर्दा ‘एस जीन’ नदेखिएकोले नयाँ प्रकारको भाइरस पुष्टि भएको, तर यसअघि बेलायतबाट फर्किएका तीन जनामा देखिएको खालको भेरियन्ट हो वा हैन भन्ने निश्चित छैन’ डा. पौडेलले भने, ‘नयाँ स्वरुपको भाइरसको आशंका गरेको केही दिन भयो हामीले अझै कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’

हाल नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने ९ जीन सिक्वेन्सिङ० प्रविधि छैन, यसअघि गत माघमा पनि बेलायतबाट आएका नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।

पाँच जनामध्ये ३ जनामा नयाँ ‘भेरियन्ट’को भाइरस देखिएको थियो । अहिले पनि जिन सिक्वेन्सिङको लागि पठाउन नमुना तयार गरिएको डा। पौडेलले बताए ।

‘संक्रमण देखिएका कसैमा पनि कुनै स्वास्थ्य समस्या देखिएको छैन’ डा। पौडेलले भने, ‘ अहिले आशंका गरिएकाहरु काठमाडौं, पोखरा लगायतका ठाउँका छन् ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...