


पाल्पामा बालुवाको ढिस्कोले पुरिएर शनिबार दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।
१३ वर्षीया बालिका सारुको घटनास्थमै र सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वखोला गाउँपालिका ४ को छेबकुनस्थित बालुवा खानीमा शनिबार दिउँसो बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए ।

