News Portal

रेडियो सुन्नुहोस्

देशभरीका पौडेलहरु एकजुट हुने अभियानमा छौं ः उपाध्यक्ष हरिलाल पौडेल

रामचन्द्र पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन

दीपा पौडेल बैशाख ४ ,२०७७ प्यूठान
१०१७ पटक
बैशाख ४ ,२०७७ प्यूठान

प्युठान, देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ।

 

पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशभरीका पौडेलहरुलाई एकताबद्ध गर्न महासंघ निर्माण गरेकोले जिल्लाभरीका पौडेलहरुलाई गोलबन्द हुन आग्रह गर्नुभयो। पौडेलका हरेक सुख र दुःखमा आफुहरु एकजुट हुने तथा पौडेलको बंशावली निर्माण गरि देशैभरीका करिव ३४ लाख पौडेलहरु एकआपसमा भाइचाराको अभियानमा जुट्नुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले जिल्लाका सवै स्थानिय तहमा कमिटि विस्तार गर्न अनुरोध समेत ब्यक्त गर्नुभयो।
माण्डवी गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम भेलाले नयाँ निर्वाचित कार्यसमिति समेत चयन गरेको छ। सबै स्थानिय तहबाट समेटिने गरि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ।
माण्डवी गाउँपालिका वडा नं. २ निवासी रामचन्द्र पौडेल अध्यक्ष , प्युठान नगरपालिका ७ निवासी नगेन्द्र कुमार पौडेल उपाध्यक्ष, मल्लरानी गाउँपालिका १ चुजाँ निवासी कमल पौडेल सचिव , स्वर्गद्धारी नगरपालिका ७ का सि.पि पौडेल सह सचिव र प्युठान नगरपालिका वडा नं. ७ निवासी सावित्रा अधिकारी पौडेल कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा ः मल्लरानी गाउँपालिका ३ निवासी दिपा पौडेल , ऐरावति गाउँपालिका ६ निवासी गोपाल पौडेल , स्वर्गद्धारी नगरपालिका ७ का गणेश कुमार पौडेल , सरुमारानी गाउँपालिका २ निवासी झविन्द्रमणी पौडेल , प्युठान नगरपालिका २ निवासी वेद प्रसाद पौडेल , गौमुखी गाउँपालिका ५ का पदम बहादुर खत्री पौडेल , माण्डवी गाउँपालिका वडा नं २ का मुक्ति प्रसाद पौडेल र माण्डवी गाउँपालिका वडा नं. ३ का गिरीराज पौडेल स्वर्गद्धारी नगरपालिका ७ प्रकाश पौडेल रहेका छन्। १ जना कार्यसमिति सदस्य बैठकले गर्ने गरि १५ सदस्यीय समिति गठन गरिएको हो।


भेलाले प्युठान नगरपालिका वडा नं. ४ बिजुवारमा बस्दै आउनुभएका दाङ निवासी भरतमणी पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ निवासी नोमराज पौडेललाई प्रदेश कमिटीमा पठाउने सर्वसम्मत निर्णय गरेको छ। त्यस्तै प्युठान नगरपालिका वडा नं. ७ निवासी उमाराम पौडेललाई प्रदेश कमिटीको सल्लाहकार समितिमा पठाउने निर्णय समेत भएको सचिव कमल पौडेलले जानकारी दिनुभयो।


कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानबाट केन्द्रिय परिषद सदस्यमा निर्वाचित दीपा पौडेल र जिल्ला उपाध्यक्षमा निर्वाचित यादव पौडेललाई सम्मान पत्रले सम्मान गरेको छ। त्यस्तै स्थानिय तहमा निर्वाचित पौडेलबंधुहरुलाई समेत सम्मान गरिएको छ। जिल्ला तदर्थ समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भरतमणी पौडेलले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...