News Portal

रेडियो सुन्नुहोस्

देशभरीका पौडेलहरु एकजुट हुने अभियानमा छौं ः उपाध्यक्ष हरिलाल पौडेल

रामचन्द्र पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन

दीपा पौडेल बैशाख ४ ,२०७७ प्यूठान
१४७४ पटक
बैशाख ४ ,२०७७ प्यूठान

प्युठान, देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ।

 

पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशभरीका पौडेलहरुलाई एकताबद्ध गर्न महासंघ निर्माण गरेकोले जिल्लाभरीका पौडेलहरुलाई गोलबन्द हुन आग्रह गर्नुभयो। पौडेलका हरेक सुख र दुःखमा आफुहरु एकजुट हुने तथा पौडेलको बंशावली निर्माण गरि देशैभरीका करिव ३४ लाख पौडेलहरु एकआपसमा भाइचाराको अभियानमा जुट्नुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले जिल्लाका सवै स्थानिय तहमा कमिटि विस्तार गर्न अनुरोध समेत ब्यक्त गर्नुभयो।
माण्डवी गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम भेलाले नयाँ निर्वाचित कार्यसमिति समेत चयन गरेको छ। सबै स्थानिय तहबाट समेटिने गरि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ।
माण्डवी गाउँपालिका वडा नं. २ निवासी रामचन्द्र पौडेल अध्यक्ष , प्युठान नगरपालिका ७ निवासी नगेन्द्र कुमार पौडेल उपाध्यक्ष, मल्लरानी गाउँपालिका १ चुजाँ निवासी कमल पौडेल सचिव , स्वर्गद्धारी नगरपालिका ७ का सि.पि पौडेल सह सचिव र प्युठान नगरपालिका वडा नं. ७ निवासी सावित्रा अधिकारी पौडेल कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा ः मल्लरानी गाउँपालिका ३ निवासी दिपा पौडेल , ऐरावति गाउँपालिका ६ निवासी गोपाल पौडेल , स्वर्गद्धारी नगरपालिका ७ का गणेश कुमार पौडेल , सरुमारानी गाउँपालिका २ निवासी झविन्द्रमणी पौडेल , प्युठान नगरपालिका २ निवासी वेद प्रसाद पौडेल , गौमुखी गाउँपालिका ५ का पदम बहादुर खत्री पौडेल , माण्डवी गाउँपालिका वडा नं २ का मुक्ति प्रसाद पौडेल र माण्डवी गाउँपालिका वडा नं. ३ का गिरीराज पौडेल स्वर्गद्धारी नगरपालिका ७ प्रकाश पौडेल रहेका छन्। १ जना कार्यसमिति सदस्य बैठकले गर्ने गरि १५ सदस्यीय समिति गठन गरिएको हो।


भेलाले प्युठान नगरपालिका वडा नं. ४ बिजुवारमा बस्दै आउनुभएका दाङ निवासी भरतमणी पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ निवासी नोमराज पौडेललाई प्रदेश कमिटीमा पठाउने सर्वसम्मत निर्णय गरेको छ। त्यस्तै प्युठान नगरपालिका वडा नं. ७ निवासी उमाराम पौडेललाई प्रदेश कमिटीको सल्लाहकार समितिमा पठाउने निर्णय समेत भएको सचिव कमल पौडेलले जानकारी दिनुभयो।


कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानबाट केन्द्रिय परिषद सदस्यमा निर्वाचित दीपा पौडेल र जिल्ला उपाध्यक्षमा निर्वाचित यादव पौडेललाई सम्मान पत्रले सम्मान गरेको छ। त्यस्तै स्थानिय तहमा निर्वाचित पौडेलबंधुहरुलाई समेत सम्मान गरिएको छ। जिल्ला तदर्थ समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भरतमणी पौडेलले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...