News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालमै बिस्तारित सेवा सुरु,

डाक्टर हरुलाइ निजी मेडिकलमा जान बन्देज

बोम बहादुर परियार
१३०२ पटक

प्युठान खवर ।  प्युठान अस्पतालमा शुक्रबार देखी बिस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो।

 

बिशेषज्ञ डाक्टरहरु अस्पतालबाट निजि मेडिकलहरुमा नजाउन भन्ने उद्देश्यले यो सेवा अस्पतालमै सुरु गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो ”यो शेवा सुचारु गरेपछि चर्काे शुल्क तिरेर नागरिकले स्वास्थ्य सेवा लिनु पर्ने बाध्यतामा कमी आउने देखिन्छ ।”

 

यो कार्यक्रम सञ्चालन भएपछि कार्यालय समय भन्दा पछि पनि नागरिकले जिल्ला अस्पतालबाट शुल्क तिरेर बिशेषज्ञ सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले जानकारी दिनुभयो । विस्तारित अस्पताल सेवा निर्देशिका २०७७ अनुसार यो सेवा अस्पतालबाट सुचारु गरिएको उहाँले बताउनुभयो ।

 

यो कार्यक्रमले नेपाल सरकारले संचालन गरेको एक स्वास्थ्य संस्था,एक चिकित्सक कार्यक्रम संचालन गर्नका लागि समेत सहयोग पुग्ने अपेक्षा आफुहरुले गरेको दर्नालको भनाई छ। कार्यालय समय भन्दा बाहिर ओपिडि सेवा दिएबापत नेपाल सरकारले तोकेको ओपिडि सेवा शुल्क प्रतिब्यक्ति चार सय पचास रुपैयाँ लाग्नेछ। अन्य ल्याव, एक्सरे लगाएतका सेवा भने नेपाल सरकारले सरकारी अस्पतालमा तोकेको मापदण्ड अनुसार नै हुने उनले जानकारी दिनुभयो ।

 

उद्घाटन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले मेडिकलमा चर्को शुल्क तिरेर उपचार गराउनुपर्ने विरामी र मेडिकल जाने डाक्टरहरुलाई सहज भएको बताए। उनले यसले अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार हुने समेत आशा आफुहरुले लिएको बताउनुभयो ।

 

अस्पतालबाट अहिले स्त्री तथा प्रसुति रोग , हाडजोर्नी ,बालरोग, मानसिक रोग जर्नल सर्जरी, इन्टरनल मेडिसिन तथा दन्त रोग बिशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान भैरहेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...