News Portal

रेडियो सुन्नुहोस्

जोखिमै छ जुम्री बजार क्षेत्र

‘स्थानीय भन्छन्,‘पहिलेको स्थानमा जुम्री खोलो फर्केयो भने जुम्री बजार बच्दैन’

सुजता थापा क्षत्री/तेजेन्द्र बिएम२०७८ साउन १५
१६३९ पटक
२०७८ साउन १५

प्यूठान । जुम्री खोलाकै बहाव अवरुद्ध हुने गरी प्यूठान नगरपालिका २, ३ र ४ वडाको सींमाना पर्ने जुम्री बजार क्षेत्रको बगरमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यो क्षेत्रमा केहि वर्षयता नयाँ बजार बनेको छ । खोलाले विस्तार गरेको बहाव क्षेत्रमै आफ्नो निजी जमिन भन्दै स्थानीयले प्लटीङ गर्नेहरुलाई जग्गा बिक्रिगरेपछि पक्की संरचना निर्माण हुन थालेको हो योत्र क्रम रोकिएको छैन ।

सरकारले भवन निर्माणसंहितामा खोलाले बनाएको बगरमा भवन निर्माण गर्न नहुने गरी मापदण्ड बनाएको छ । तर, यहा“ यो नियम कार्यान्वयन छैन । विपद् व्यवस्थापनको दृष्टिले जोखिम रहेको क्षेत्रमै धमाधम घरहरु निर्माण भइरहँदा स्थानीय प्रशासन र नगरपालिका मुखदर्शक छन् । हिउँदमा खोलो सानो देखेर घडेरी किनेकाहरु बर्खा लागेपछि झस्किन्छन्, रातभरी निदाउदैनन् ।

जुम्री खोला आसपासका वस्ती तथा बजार क्षेत्रनै जोखिममा रहेको स्थानीय हेमन्त पाठकले बताउनुभयो । २०४४ सालमा नापिनक्सा हुँदा खोलको भाग कुनै स्थानमा १८ मिटर र साँघुरो भएको स्थानमा ४ मिटरचौडा सम्म नापी रहेको नापी कार्यालयको रेकर्डमा छ । हाल जुम्रीको पक्कि पुल भन्दा माथि खयरघारीसम्म खोलाको भागलाई सडक मानेर वरीपरि घरहरु निर्माण भएका छन् ।

 

स्थानीय अग्रज टंकबहादुर खड्काले जानकारी गराउनुभयो । ‘अहिले बगिरहेको खोला पुल देखि माथिको भाग निजि जग्गामा पर्दछ,’ पक्कि पुल भन्दा तल्लो क्षेत्रमा खोलो आफ्नै भागमा बगेको छ उहाले भन्नुभयो ।’ पहिले जुम्रीखोलोमा बाढी आउदा न्यूनतम ५० मिटर चौडा बगर बनाइ बग्ने गरेको स्थानीय बताउँछन् । ‘बाह्रवर्षमा खोलो फर्कन्छ भनिन्छ,’ जुम्री खोला किनार क्षेत्रमा घर भएका एक स्थानीयले भन्नुभयो,‘साच्चिकै पहिलेको स्थानमा जुम्री खोलो फर्केयो भने जुम्री बजार बच्दैन ।,’

भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...