News Portal

रेडियो सुन्नुहोस्

जो चार महिनादेखि ओछ्यानबाट उठेकी छैनन्

तेजेन्द्र बिएम२०७८ साउन २७
३४९६ पटक
२०७८ साउन २७

प्यूठान नगरपालिका–६, बासपानीकी १८, वर्षीय बोनि पुन मगरको स्वास्थ्य अवस्था कहाली लाग्दो छ । गत साल चैत ३१ गते बेलुकी उनको जीवनमा अकल्पनीय घटना घट्यो । त्यसपछि चौबीसै घण्टा ओछ्यानमा बस्नु पर्ने दिन सुरु भएका छन् उनका । त्यस दीन बेलुकी दीदिसंगै बारिमा घास काट्न गएकी थिइन बोनि । तेजु फल खान रुखमा चढ्नु, हागो भाचिएर लड्नु र ढाडको मेरुदण्ड भाचिनुले उनका जीवनमा सम्पूर्ण भाग्य खोसिनु सरह भएको छ ।

घटनापछि हतार–हतार उनलाई प्यूठान अस्पताल बिजुवार ल्याइयो । त्यहाँ उपचार भएन । युनिभर्सल मेडिकल कलेज भैरहवा पु¥याइएको थियो । उपचारको लागि महिनौ बस्न पर्ने भयो । १ महिनामै श्रीमानले ऋण खोजेर लगेको करिब ४ लाख रुपैया“ सकियो । थप उपचार गर्नको लागि कतैबाट थप ऋण श्रीमानले पाएनन् । अनि बोनिलाई श्रीमानले घर फर्काए । बोनी घरमा श्रीमानको सहरामा ओछ्यानमै रातदिन बिताइरहेकी छन् ।

 

श्रीमान रोजगारीको सिलसिलामा ईन्डिया गएको ३५ दिनमै श्रीमतीको दुःखद घटनाले गर्दा घर फर्केका थिए । गत वर्ष पौष ५ गते उनीहरुको मागी विबाह भएको थियो । घरको आर्थिक स्थिति कमजोर भएकाले पढाई छोडेका श्रीमान भरत पुन विबाह पछि श्रीमती र बुबा आमासंगै सम्पूर्ण परिवारलाई खुसी दिन विबाह गरेको करिब ढेड महिनापछि फागुन २१ गते ईन्डिया गएका थिए । ‘गएको १ महिना भएको थियो,’ भरतले भने, ‘घरमा यस्तो बज्रपात पर्यो । फर्के ।’ ‘ओछ्यानमै थला परेकी श्रीमतीलाइ स्याहार सुसार गरेर बसेको छु ,’ उनले भने । न त उनी श्रीमतीको राम्रो उपचार गर्न सक्छन्, न त उनको साथ छोड्ननै ।

बोनीको कम्मर मुनि दायाँ, बायाँ र पछाडिको भागमा ओछ्यानमा सुत्दा सुत्दा ठूला ठूला घाउ भएका छन् । घाउ बल्झेर सडेको छ । उनको कम्मर देखि तलको भाग चल्दैन । ‘अस्पतालबाट घर लिएपछी एक्कासि घाउ हुन थाल्यो’ भरतले भने, ‘गाउकै स्वास्थ चौकिमा झोलुङ्गो लगाएर बोकेर ल्याउदै ड्रेसिङ् गराउदै गरिराखेको छुँ ।’ सन्चो हुनुको साटो घाउ ठूलो बन्दै गएको भरत बताउ“छन् ।

पूनःअस्पताल लैजाने पैसा थिएन । शरीरको अन्य भागमा समेत घाउ हुन थालेपछि बल्लतल्ल आफन्तिको सहयोगमा बुधबार प्युठान अस्पताल ल्याएको भरतले बताए । उनको उपचार यहा“ सम्भब नहुने भएकाले काठमाडौ लग्न चिकित्सकले सुझाएका छन् । बाहिर लग्ने उपचार खर्चको जोहो गर्न नसकेर भरतले पूनः श्रीमतीलाइ घर फर्काका छन् ।

जिल्ला अस्पतालसम्म ल्याउन प्यूठान नगरपालिकाले गाडि पुग्ने स्थानसम्म गाडि पठाइदिएको थियो । ‘चिकित्सकले बाहिर लग्नुस् भनेका थिए, ’भरतले गहभरी आ“शु झार्दै बल्लबल्ल बोल्दै भने,‘ कतै बाट सहयोग भएर उनको उपचार गर्न सके निकै खुसी हुन्थे ।’ बुहारीलाइ गाडि चल्ने स्थान ढुंगेठाटीसम्म गाउलेले झोलुंगोमा राखेर बोकेर ल्याएका भरतका दाजु कुलबहादुर पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...