News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : नियममीत हुँदैन बजार अनुगमन

झुलेनी नेटवर्क२०७८ असोज १३
८३९ पटक
२०७८ असोज १३

चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने चलनले गर्दा उपभोक्त सधै ठगिन परेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगनार्ले मुख्य बजार केन्द्रहरूमा अखाद्य वस्तु बिक्री गर्ने, अनुमति नभएको ढक तराजु प्रयोग, मूल्यसूची नराखी व्यवसाय सञ्चालन लगायत कार्य भइरहेका छन् । व्यपारीले मुल्यसूची नै अध्यावधिक गरेका छैनन् । बजारमा बढी मात्रामा जङ्क फुडहरू म्याद गुज्रिएका विक्री बितरण भइरहेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, भिंगृ, जुम्री बजार, दाखाक्वाडी, चेरनेटा र देवीस्थान लगायत बजारी क्षेत्रमा अखाद्य वस्तुहरु विक्री बितरण भइरहने उपभोक्ताहरुका गुनासा छन् ।

अनुगमनका क्रममा स्वर्गद्वारी पेट्रोल पम्पहरुले पनि मेसीन सेटिङ मिलाएर कम विक्री गर्दै आएको गुनासा धेरै छन् । यस्तै पसल, कम्पनी दर्ता नगरी सञ्चालन गर्नेहरु पनि धेरै छन् ।

जिल्लामा उपभोक्ताहरू ठगिएको गुनासो धेरै आइरहेपनि स्थानीय सरकार, प्रशासनले संयुक्त अनुगमन समय समयमा गरेको पाइदैन ।वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको अनुगमन टोली जिल्लामा छैन ।

यसले पनि बजार अनुगमन प्रभाबकारी हुन नसकेको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, नापतौल विभाग, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसंग समन्वय गरेर अनुगमनलाई नियमित गराउन सक्ने हो भने उपभोक्ता ठगिन पर्दैनथ्योकी ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...