News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीलाई जनस्वास्थ्यकर्मिको ११ सुझाव

माधव खनाल २०७८ असाेज २४
९७१ पटक
२०७८ असाेज २४

 

प्रदेश सरकारले समृद्घ प्रदेश सुखी जनताको परिकल्पनालाई साकार पार्न विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ। नयाँ राजनितिक परिस्थिति विकास भएपछी गठित नयाँ सरकारसंग आम जनसमुदायका पनि थप र नयाँ अपेक्षाहरु छन्। कोभिड संक्रमणले मानव स्वास्थ्य एवं अर्थतन्त्रलाई थिलोथिलो वनाएको, महामारीसंगै श्रृजना भएको चौतिर्फि समस्या र संकटले जनस्वास्थ्यमा समेत नकारात्मक र गम्भीर चुनौति थपेको यो अवस्थामा सरकारका अगाडि नयाँ र विशेष योजना तर्जुमा, कार्यन्वयन र पृष्ठपोषणको जरुरी छ। यो अवस्थामा नयाँ सरकारका लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीलाई एक जनस्वास्थ्यकर्मिको तर्फवाट तपशिलका सुझाव दिन चाहन्छु।

१) जनस्वास्थ्य कार्यक्रम व्यवस्थित तवरवाट संचालन गर्नको लागि सवै जिल्लाका स्वास्थ्य कार्यालयहरुमा फोकल पर्सनको उचित व्यवस्थापन।

२) स्वास्थ्य केन्द्रित कार्यक्रमको उचित व्यवस्थापन तथा प्रदेशस्तरिय योजना तर्जुमा , कार्यान्वयन , मूल्याकन तथा समिक्षा गर्ने ।

३) प्रदेश स्वास्थ्य निर्दशनायलाई चुस्त दुरुस्त राख्ने ।

४) प्रदेशमा रहेका प्रमुख अस्पताल जस्तै लुम्विनी प्रादेशिक अस्पताल , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अञ्चल अस्पतालहरुमा आवश्यक वजेट विनीयोजन तथा स्तरउन्नोती गर्ने ।

५) स्वास्थ्य सेवालाई सर्वसुलभ वनाउनुका साथै सामाजिक सुरक्षा कार्यक्रमको प्रत्याभूत गर्ने।

६) लमही ट्रमा अस्पताललाई द्रुत रुपमा अघि बढाई दुर्घटनावाट हुने क्षेतिलाई न्यूनीकरण गर्ने तथा आवस्यक सेवा विस्तार गर्ने।

७) सरुवा रोग नियन्त्रण अस्पताल कपिलवस्तुको कामलाई अघि वदाई सेवाको सुरुवात गर्ने।

८) कोभिड व्यवथापनको लागी तिन तह सरकारको समन्वयमा आवस्यक आइसोलेशन , क्वारेनटाइनको व्यवथापन गर्ने ।

९) दिर्घरोगीेहरुको पहिचान सहयोग प्रदान तथा प्रदेशस्तरिय मुटुरोग , मृगोैला प्रत्यारोपण केन्द्र निर्माण।

१०) विधालय नर्स कार्यक्रमको विस्तार तथा सुदृदीकरण, दुर्गम क्षेत्रमा टेलिमेडिसिनको विस्तार ।

११) स्वास्थ्य अनुसन्धान परिषदको प्रदेशस्तरिय संरचना निर्माणका साथासाथै कामको आधारमा प्रोत्हसान तथा कर्मचारी व्यवस्थापनमा जोड दिने ।

लेखक –  माधव खनाल

दाङ निवासी जनस्वास्थ्यकर्मी हुन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...