News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाग्दुलामा बाटो मर्मत भयो, स्थानीय खुसी

झुलेनी नेटवर्क
८५९ पटक

प्यूठान नगरपालिका ८ स्थित कक्षपति ट्रेडर्स देखि जनता माध्यामिक विद्यालय जाने सडक जहिल्यै हिलाम्य थियो । गुदगुदे हिलोले सडक छोपेको विषय सम्बन्धी झुलेनी पोष्ट साप्ताहिक वर्ष ८ अंक १४ कार्तिक २ गते बाटो हो कि कुलो ? चिन्नै गाह्रो शिर्षकमा हाम्रो नजरमा प्रकाशित गरीएको थियो ।

समाचार प्रकाशन पछि प्यूठान नगरपालिकाले यस सडकमा २० ट्रिप ढुङ्गा, गिट्टि तथा बालुवा राखेको छ । नगरपालिकाको जेसिभि लगाएर यहाँ सम्माइएको छ । यहाँ बाटो सम्माइएपछि स्थानीय खुसी भएका छन् ।

बाटोबाट कुलो बग्नाले हिलाम्य सडकमा पैदल हिँड्ने यात्रुहरुलाई हिड्न कठिन थियो । जिम्मेवार निकायदेखि राजनीतिक पहुँच राख्नेहरु यहाँ हुँदापनि सडक मर्मतमा कसैले ध्यान दिएका थिएनन् । गाडीले हिलो र पानी उछिट्याएर ब्यवसायी र विद्यार्थीहरुलाई समस्या थियो ।

नजिकै जनता माध्यामिक विद्यालय र झिमरुक क्याम्पस समेत रहेकाले विद्यार्थीहरुलाई कठिन थियो । यहाँ बाटो मर्मत भएपछि आवतजावतमा सहज भएको छ । अहिले मर्मत भएपनि दिगो व्यवस्थापनका लागि कुलो र नालीको निर्माणमा नगरपालिका लगायत सरोकार वाला निकायले ध्यान दिन जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...