News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाग्दुलामा बाटो मर्मत भयो, स्थानीय खुसी

झुलेनी नेटवर्क
७४५ पटक

प्यूठान नगरपालिका ८ स्थित कक्षपति ट्रेडर्स देखि जनता माध्यामिक विद्यालय जाने सडक जहिल्यै हिलाम्य थियो । गुदगुदे हिलोले सडक छोपेको विषय सम्बन्धी झुलेनी पोष्ट साप्ताहिक वर्ष ८ अंक १४ कार्तिक २ गते बाटो हो कि कुलो ? चिन्नै गाह्रो शिर्षकमा हाम्रो नजरमा प्रकाशित गरीएको थियो ।

समाचार प्रकाशन पछि प्यूठान नगरपालिकाले यस सडकमा २० ट्रिप ढुङ्गा, गिट्टि तथा बालुवा राखेको छ । नगरपालिकाको जेसिभि लगाएर यहाँ सम्माइएको छ । यहाँ बाटो सम्माइएपछि स्थानीय खुसी भएका छन् ।

बाटोबाट कुलो बग्नाले हिलाम्य सडकमा पैदल हिँड्ने यात्रुहरुलाई हिड्न कठिन थियो । जिम्मेवार निकायदेखि राजनीतिक पहुँच राख्नेहरु यहाँ हुँदापनि सडक मर्मतमा कसैले ध्यान दिएका थिएनन् । गाडीले हिलो र पानी उछिट्याएर ब्यवसायी र विद्यार्थीहरुलाई समस्या थियो ।

नजिकै जनता माध्यामिक विद्यालय र झिमरुक क्याम्पस समेत रहेकाले विद्यार्थीहरुलाई कठिन थियो । यहाँ बाटो मर्मत भएपछि आवतजावतमा सहज भएको छ । अहिले मर्मत भएपनि दिगो व्यवस्थापनका लागि कुलो र नालीको निर्माणमा नगरपालिका लगायत सरोकार वाला निकायले ध्यान दिन जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...