News Portal

रेडियो सुन्नुहोस्

दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठान र रोल्पाका २ जना ब्यवसायी पुरस्कृत

एलबी थापा
१४६० पटक

करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पाका २ जना ब्यवसायीहरुलाइ सम्मान गरेको छ । दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठानका निरज जनरल स्टोरका निरज कक्षपति र रोल्पाका शुभम ट्रेडर्सका सागर बिक्रम डाँगीलाइ सम्मान गरिएको हो ।

प्यूठान र रोल्पा कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालयले उनीहरुलाइ मूल्य अभिवृद्धि कर, आयकर लगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थाका रुपमा सम्मान गरीएको कर अधिकृत हुर्मत मिजारले जानकारी दिए । उनिहरुलाइ सम्मान पत्र द्वारा सम्मान गरीएको हो । यसैबिच करदाता कार्यालयमा कार्यरत डा.इ.सु. सुमन चौधरी पनि सोही अवसरमा सम्मानित भएका छन् ।

उनलाइ कार्यालयमा कर्मचारीका रुपमा रही उल्लेखनिय एवं प्रशंसनिय कार्य सम्पादन गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कार सहित सम्मान पत्र द्वारा प्रशंसा पत्र प्रदान गरीएको हो ।

बुधवारदेखि सुरु भएको कर सप्ताहको समुद्घाटन कार्यक्रम स्वर्गद्वारी नगरपालिका भिंगृमा आयोजना गरीएको थियो । कार्यालयले कर सप्ताहको रुपमा कर समबन्धि विविध कार्य गर्ने तयारी भइरहेको कर अधिकृत मिजारले झुलेनी पोष्टलाइ बताए ।

यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि : सुशासन विकास र समृद्धी” नारा दिएर दशौ कर दिवस सप्ताहव्यापी मनाउन लागिएको हो । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो। २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...