News Portal

रेडियो सुन्नुहोस्

दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठान र रोल्पाका २ जना ब्यवसायी पुरस्कृत

एलबी थापा
११३८ पटक

करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पाका २ जना ब्यवसायीहरुलाइ सम्मान गरेको छ । दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठानका निरज जनरल स्टोरका निरज कक्षपति र रोल्पाका शुभम ट्रेडर्सका सागर बिक्रम डाँगीलाइ सम्मान गरिएको हो ।

प्यूठान र रोल्पा कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालयले उनीहरुलाइ मूल्य अभिवृद्धि कर, आयकर लगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थाका रुपमा सम्मान गरीएको कर अधिकृत हुर्मत मिजारले जानकारी दिए । उनिहरुलाइ सम्मान पत्र द्वारा सम्मान गरीएको हो । यसैबिच करदाता कार्यालयमा कार्यरत डा.इ.सु. सुमन चौधरी पनि सोही अवसरमा सम्मानित भएका छन् ।

उनलाइ कार्यालयमा कर्मचारीका रुपमा रही उल्लेखनिय एवं प्रशंसनिय कार्य सम्पादन गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कार सहित सम्मान पत्र द्वारा प्रशंसा पत्र प्रदान गरीएको हो ।

बुधवारदेखि सुरु भएको कर सप्ताहको समुद्घाटन कार्यक्रम स्वर्गद्वारी नगरपालिका भिंगृमा आयोजना गरीएको थियो । कार्यालयले कर सप्ताहको रुपमा कर समबन्धि विविध कार्य गर्ने तयारी भइरहेको कर अधिकृत मिजारले झुलेनी पोष्टलाइ बताए ।

यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि : सुशासन विकास र समृद्धी” नारा दिएर दशौ कर दिवस सप्ताहव्यापी मनाउन लागिएको हो । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो। २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...