News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका तुल बहादुर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेटमा छनोट

तेजेन्द्र बि. एम.२०७८ मंसिर ०५
१४७० पटक
२०७८ मंसिर ०५

प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् ।

उनि कार्तिक २८ गते देखि मसिंर ४ गतेसम्म दाङ्ग जिल्लाको लमही र रुपन्देहिको भैरहवामा भएको वाइ वाइ यू–१९ लुम्बिनी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताबाट काठमाडौंमा हुने वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

शनिबार लुम्बिनी प्रदेश छनौट समितिले लुम्बिनी प्रदेश क्रिकेट संघलार्ई खेलाडी छनोट गरि पत्रका साथ पेस गरेको छ । थापा यस अघि यू–१७ सम्मका सबै खेल र इपिएल समेत खेलिसकेका छन् ।

छनोट भएका खेलाडीहरु :–
देव खनाल (कप्तान), विशाल बिक्रम के. सी. (उप–कप्तान), वसिर अएमद, मोहम्मद हुसैन, सुनिल भण्डारी, विराट भण्डारी, अभिषेक गौतम, राहुल चौहान, आकाश त्रिपाठी, कमल ओली, तुल बहादुर थापा, प्रज्वल बहादुर थापा, नरेश कुमाार नेपालि र दुर्गेश गुप्ता छनोट भएका छन् । साथै रोहन के.सी., अजित यादव, सुमित श्रेष्ठ र विशाल भुषाल भने वैकल्पिक छनोटमा परेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...