News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष ७
६२० पटक
२०८१ पौष ७

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत नौबहिनी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएका छन ।

भलिवलमा पुरुष तर्फ प्रथम नौबहिनी–७, द्वितीय नौबहिनी–५, तृतीय नौबहिनी–३ र सान्त्वना नौबहिनी–२ भएका छन् । प्रथम देखि सान्त्वनालाई क्रमश ६१, ४१, २१ र ११ हजार १ सय ११ रुपैया प्रदान गरिएको छ ।

त्यसैगरी महिला भलिवल तर्फ प्रथम नौबहिनी–१ भएको छ । द्वितीय नौबहिनी–५, तृतीय नौबहिनी–४ र सान्त्वना नौबहिनी–३ भएका हुन् । प्रथम देखि सान्त्वनालाई क्रमशः३१, २१, ११ र ७ हजार १ सय ११ नगद पुरस्कार प्रदान गरिएको छ ।

दुवै खेल तर्फका प्रथम देखि सान्त्वना हुने टिमहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा पालिकाका ८ वटै वडाबाट पुरुष ८ र महिला ८ गरि १६ टिम सहभागी थिए । अन्य सहभागी टिमलाई ५ हजार प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको आयोजक खेलकुद विकास समिति नौबहिनीले जनाएको छ । प्रतियोगिता नौबहिनी गाउँपालिकाको सहयोगमा भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...