News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.वि. बन्यो पाँचौँ राष्ट्रपति रनिङ शिल्डको विजेता

झुलेनी नेटवर्क२०८१ फागुन ४
८४० पटक
२०८१ फागुन ४

प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेलमैदानमा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता मुक्ति मा.वि.रातामाटा बनेको छ ।

शनिवार सम्पन्न अन्तर विद्यालय स्तरीय रनिङ शिल्डमा २४ स्वर्ण ,६ रजत ५, कास्य गरी  कुल ३५ पदकसहित मुक्ति मावि प्रथम भएको हो । मुक्ति मावि लाई पछ्याउँदै ९ स्वर्ण, १३ रजत, १३ कास्य गरी ३५ पदक सहित जनता मा.वि. बाग्दुला द्वितीय भएको छ। भने, ७ स्वर्ण, ४ रजत, ७ कास्य गरी १८ पदक सहित बालबिद्या मा.वि. मजुवा तृतीय भएको छ ।

बिहीबारदेखि शनिवारसम्म सञ्चालित प्रतियोगितामा प्यूठान नगरपालिका भित्रका १२ सामुदायिक र ४ संस्थागत गरी १६ विद्यालय सहभागी रहेका थिए । रनिङ शिल्ड प्रतियोगितामा ५५ स्वर्ण, ५४ रजत, ५३ कास्य गरी कुल १६२ पदकका लागि १६ विद्यालय विचमा प्रतिस्पर्धा भएको हो ।

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले गरेका हुन । प्रतियोगिताको समापन गर्ने क्रममा विजेता टोलीलाई बधाई दिँदै मेयर योगीले खेल सम्पन्न गर्न भूमिका खेल्ने खेल प्रशिक्षक, खेलाडी, सहभागी विद्यालय र सबैलाई धन्यवाद दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...