News Portal

रेडियो सुन्नुहोस्

सारीबाङ्गमा राख्न परेन यस वर्ष फड्के

झोलुङ्गे पुल निर्माणले सहज

सुजाता थापा क्षेत्री२०७८ मंसिर १५, प्यूठान
९४९ पटक
२०७८ मंसिर १५, प्यूठान

प्यूठान नगरपालिका ४ र १० र मल्लरानी गाउँपालिका ४ सारीबाङ जोड्ने पुल निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ । स्थानीयको वर्षौ देखिको मागपछि यहाँ २ सय ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।


पुल निर्माण गर्न पहल समिति नै गठनगरि १२ वर्ष देखि केन्द्रसम्म पुल निर्माणको माग गर्दै आएको प्यूठान नगरपालिका, १० सारिबाङ्गका हेमराज पराजुलीले बताए । झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष समेत रहेका पराजुलीले वर्षौ अलपत्र परेको पुल निर्माण यस वर्ष सकिएको बताए । यहाँ झोलुङ्गे पुल नहुँदा अस्पताल, क्याम्पस, वर्षायामको समयमा झिमरुक फाँटमा खेतमा पानी लगाउन स्थानीयलाई धेरै समस्या थियो । पुल निर्मापछि खेतिपातीको लागि र बजार, अस्पताल पुग्न सहज भएको स्थानीय मानबहादुर केसीले बताए ।


पहिले प्रत्येक वर्ष वर्षायाम पछि प्यूठान नगरपािलका.–१०, सारिबाङ्ग र मल्लरानी गाउँपालिका.–४ सारिबाङ्गका स्थानीयहरुले काठ काटेर झिमरुक खोलामा फड्के पुल बनाउँदै आइरहेका थिए । यस वर्ष स्थानीयलाई फड्के बनाउन परेन । बाग्दुलाको पुल वा जोखिम मोलेर खोलापारी जान पर्ने समस्या हिजोआज हल भएको स्थानीय करन शाहले बताए ।

पहिले कयौँ बालबालिका लगायत धान पराल जस्ता काम गर्दा हावाको वेगका कारण उडाएर खोलामा खस्ने गरेको पीडा शाहले पोखे । आँखा भरि आँसु लिँदै लक्ष्मी देवी नेपाली भन्छिन, ‘पुल नभएकै कारण मेरो श्रीमान् खोला तर्न खोज्दा बगाएर बित्नु भएको थियो,’ स्थानीय लक्ष्मी देखि नेपालीले भनिन,‘अव खोलाले हामीलाई दुःख दिनैन ।’ २०६२ साल साउनको २२ गते यही ठाउबाट श्रीमान धन बहादुरलाई झिमरुक खोलाले बगाएको उनले बताइन् । पहिले अनेकौँ विपत्ति खेप्नु परेपनि अहिले झोलुङ्गे पुल बनेपछि सारिबाङ्गका स्थानीय खुशी छन् । पुल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग कार्यक्रम अन्तर्गत सस्पेन्सन बृज डिभिजनको सहयोगमा निर्माण गरिएको हो । पुलको भारवहन क्षमता ९३ मेट्रिक टन रहेको छ । निलगिरी निर्माण सेवा प्रालिले भ्याट सहित २ करोड २० लाख ३५ हजारमा ठेक्का पारेर पुल निर्माणको जिम्मा लिएको थियो ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...