News Portal

रेडियो सुन्नुहोस्

सारीबाङ्गमा राख्न परेन यस वर्ष फड्के

झोलुङ्गे पुल निर्माणले सहज

सुजाता थापा क्षेत्री२०७८ मंसिर १५, प्यूठान
७०२ पटक
२०७८ मंसिर १५, प्यूठान

प्यूठान नगरपालिका ४ र १० र मल्लरानी गाउँपालिका ४ सारीबाङ जोड्ने पुल निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ । स्थानीयको वर्षौ देखिको मागपछि यहाँ २ सय ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।


पुल निर्माण गर्न पहल समिति नै गठनगरि १२ वर्ष देखि केन्द्रसम्म पुल निर्माणको माग गर्दै आएको प्यूठान नगरपालिका, १० सारिबाङ्गका हेमराज पराजुलीले बताए । झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष समेत रहेका पराजुलीले वर्षौ अलपत्र परेको पुल निर्माण यस वर्ष सकिएको बताए । यहाँ झोलुङ्गे पुल नहुँदा अस्पताल, क्याम्पस, वर्षायामको समयमा झिमरुक फाँटमा खेतमा पानी लगाउन स्थानीयलाई धेरै समस्या थियो । पुल निर्मापछि खेतिपातीको लागि र बजार, अस्पताल पुग्न सहज भएको स्थानीय मानबहादुर केसीले बताए ।


पहिले प्रत्येक वर्ष वर्षायाम पछि प्यूठान नगरपािलका.–१०, सारिबाङ्ग र मल्लरानी गाउँपालिका.–४ सारिबाङ्गका स्थानीयहरुले काठ काटेर झिमरुक खोलामा फड्के पुल बनाउँदै आइरहेका थिए । यस वर्ष स्थानीयलाई फड्के बनाउन परेन । बाग्दुलाको पुल वा जोखिम मोलेर खोलापारी जान पर्ने समस्या हिजोआज हल भएको स्थानीय करन शाहले बताए ।

पहिले कयौँ बालबालिका लगायत धान पराल जस्ता काम गर्दा हावाको वेगका कारण उडाएर खोलामा खस्ने गरेको पीडा शाहले पोखे । आँखा भरि आँसु लिँदै लक्ष्मी देवी नेपाली भन्छिन, ‘पुल नभएकै कारण मेरो श्रीमान् खोला तर्न खोज्दा बगाएर बित्नु भएको थियो,’ स्थानीय लक्ष्मी देखि नेपालीले भनिन,‘अव खोलाले हामीलाई दुःख दिनैन ।’ २०६२ साल साउनको २२ गते यही ठाउबाट श्रीमान धन बहादुरलाई झिमरुक खोलाले बगाएको उनले बताइन् । पहिले अनेकौँ विपत्ति खेप्नु परेपनि अहिले झोलुङ्गे पुल बनेपछि सारिबाङ्गका स्थानीय खुशी छन् । पुल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग कार्यक्रम अन्तर्गत सस्पेन्सन बृज डिभिजनको सहयोगमा निर्माण गरिएको हो । पुलको भारवहन क्षमता ९३ मेट्रिक टन रहेको छ । निलगिरी निर्माण सेवा प्रालिले भ्याट सहित २ करोड २० लाख ३५ हजारमा ठेक्का पारेर पुल निर्माणको जिम्मा लिएको थियो ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...