News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस महाधिवेशन उद्घाटन शत्रमा ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

झुलेनी नेटवर्क
१३७५ पटक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको हो ।

नेकपा भङ्ग भएपछि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गरी तीन दल बनेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा आबद्ध छन् । एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ ।

ओली–प्रचण्डबीच भेट नभएको झन्डै एक वर्ष भयो । उहाँहरूबीच अघिल्लो वर्ष पुसमा भेटवार्ता भएको थियो । त्यस्तै ओली–नेपालबीच पनि पाँच महिनापछि भेट भएको हो । ओली–नेपालबीच असार २३ गते भेट भएको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनमा भएको एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल सहभागी हुनुभएको थिएन ।

कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा शुभकामना व्यक्त गर्न एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, मालेका महासचिव सिपी मैनालीलगायत पुग्नुभएको छ । साथै कांग्रेसले निमन्त्रणा गरेका विदेशी पाहुना पनि सहभागी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...