News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस महाधिवेशन उद्घाटन शत्रमा ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा

झुलेनी नेटवर्क
१३५८ पटक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको हो ।

नेकपा भङ्ग भएपछि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गरी तीन दल बनेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा आबद्ध छन् । एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ ।

ओली–प्रचण्डबीच भेट नभएको झन्डै एक वर्ष भयो । उहाँहरूबीच अघिल्लो वर्ष पुसमा भेटवार्ता भएको थियो । त्यस्तै ओली–नेपालबीच पनि पाँच महिनापछि भेट भएको हो । ओली–नेपालबीच असार २३ गते भेट भएको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनमा भएको एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल सहभागी हुनुभएको थिएन ।

कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा शुभकामना व्यक्त गर्न एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, मालेका महासचिव सिपी मैनालीलगायत पुग्नुभएको छ । साथै कांग्रेसले निमन्त्रणा गरेका विदेशी पाहुना पनि सहभागी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...