News Portal

रेडियो सुन्नुहोस्

न्युनतम सेवा मापदण्डको आधारमा लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा प्यूठान अस्पताल

तेजेन्द्र बि. एम.२०७८ पुस १९
७८४ पटक
२०७८ पुस १९

प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत प्यूठान अस्पताल तेस्रो स्थानमा परेको छ । अस्पतालले हालसम्म प्रदान गरेको सेवाको आधारमा ७४ प्रतिशत प्रगति भएको देखिएको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलको आयोजनामा पुुस १८ र १९ गते प्यूठान अस्पतालमा गरेको हो । गत आर्थिक वर्षमा ५९ प्रतिशत लिएको र यस वर्ष तुलनात्मक हिसाबले सेवाको प्रगति भएको तथ्यांकले देखाएको छ ।
अस्पतालको भौतिक संरचना देखि काम, कर्तव्य र जिम्मेवारी, समय पालन, अनुसाशन, वार्ड व्यवस्थापन यि सबै कुराको रेखदेख तथा मुल्याङ्कन गर्दा जम्मा ९ सय ३९ अंक प्राप्त गरि ७४ प्रतिशत प्राप्त गरेको हो ।
२०४५ सालमा स्थापना हुँदा अस्पतालमा जम्मा १५ वेद थिए, २०७३ सालमा आउँदा ५० वेदको बनेको छ भने १ सय १७ कर्मचारि छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा १३ अस्पताल छन् जसमध्ये प्यूठान अस्पताल हब अस्पतालमा रुपान्तरण भई से्वा दिईरहेको छ ।
अस्पतालले हालसम्म दिएको सेवा र अन्य गतिविधि प्रस्तुत गर्दै बरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. नबिन दर्नालले अक्सिजन प्लान्टको सेवा विद्युतको समस्याले सुरु नगरेको र यो सेवाको लागि छुट्टै ट्रान्सफर्मरको आवस्यक पर्ने भएकोले सुरु गर्न नसकेको जानकारि दिए । ‘सुविधा सम्पन्न भवनको अभावले सबै सेवा दिन सकेका  छैनौं दन्तसेवाका लागि भने चाहेजस्तो सेवा दिन सफल भएका छौं,’ उनले भने ।
अस्पताल तथा न्युनतम मापदण्ड सेवा लागु भएका स्वास्थ्य संस्थाहरुले सुशासन तथा ब्यवस्थापन , उपचारात्मक सेवा ब्यवस्थापन र अस्पताल सहयोग सेवा यी तिन वटै पक्षमा रहेर समग्र अस्पतालको कार्य राम्रो हुनुपर्ने हुन्छ । साथै यस अस्पतालमा दन्तसेवा, ओपिडी सेवा, इमर्जेन्सी र ओपिडी वार्ड व्यवस्थित हुनुका साथै आवस्यक कर्मचारी भएको तर टिवाई कमिटी, फार्मेसी संचालन कमिटी बनाउनु पर्ने न्युनतम सेवा मापदण्डका स्रोत व्यक्ति महम्मद नरुल होदाले बताएका थिए ।
यस्तै सामुहिक कार्य गर्न र नियमित रुपमा अस्पतालका सबै कर्मचारीले आफ्नो सेवामा पुर्ण विश्वासका साथ सेवा दिए अस्पताल अझै सफल हुने स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरिले बताएका छन् । प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले कार्यक्रममा बोल्दै प्युठान अस्पतालको कुनै पनि कुरामा आफु सकारात्मक भएको भन्दै अहिले भौतिक संरचनाको मुख्य अभाव छ । यसमा सदैव सहकार्य गर्न प्रतिबद्ध भएको बताएका छन् ।
स्वास्थ्य निर्देशनालयका सचिब डा. विकास देवकोटाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी राख्न सफल प्युठान अस्पताल र स्थानीय निकाय, सरोकारवाला संघसंस्था सबैलाई धन्यवाद दिदै खुशी भएको बताएका छन् । ‘प्रदेशका १३ वटा अस्पतालहरु मध्य सेवाको हिसाबले प्युठानले राम्रो गरेको छ, प्रदेशबाट बजेतको कुनैपनी कमि हुँदैन तपाइहरु अघि बढ्नुस, काम सुरु गर्नुस्,’ उनले भने । साथै कुनै देशमा पुरै निशुल्क, कुनै देशमा सिमित शुल्क लाग्ने र कुनै देशमा पुरै उपचार शुल्क लाग्छ तर नेपालमा मिश्रित सेवा प्रणाली भएको उनले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि केशवराज आचार्यले कार्यक्रममा बोल्दै अस्पताल प्रती सदैव सकारात्मक रहेको बताएका छन् । साथै सम्पुर्ण कर्मचारीले आफ्नो कामप्रतिको भुमिकालाई आत्मसात गर्दै आफू र संस्थालाई सफल बनाउन सुझाएका छन् ।
कार्यक्रम स्वास्थ्य जनसंख्या तथा आरिवार कल्याण मन्त्रालयका सचिब डा. विकास देवकोटाको प्रमुख अभिभावकत्व, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरिको विशेष अभिभावकत्व र जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता र प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको विशेष आतिथ्यता रहेको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी खिमाराज भुषाल, इन्द्रध्वजगणका प्रमुख सेनानी दिपेन्द्र पोख्रेल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेत, प्युठान नगरपालिका ४ न. वडा अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारी, स्वास्थ्य सेवा बिभागका पुर्व निर्देशक डा. आनन्द कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्का, नेपाल रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामी, अस्पताल विकास समितिका सदस्य टीका सुवेदी, न्युनतम सेवा मापदण्डका स्रोत व्यक्ति तथा पृथ्वीचन्द्र अस्पताल नवलपरासीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. महम्मद नरुल होदा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन अस्पतालकी नर्सिङ अधिकृत राधा के.सि.ले गरेकी थिइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...