News Portal

रेडियो सुन्नुहोस्

कृषकहरुलाई विषादी बनाउने सामग्रि वितरण

तरकारी बाली उत्पादन सम्बन्धी स्थलगत तालीम

तेजेन्द्र बि. एम.२०७८ माघ ५
१६२८ पटक
२०७८ माघ ५

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानद्वारा कृषकहरुलाई स्थलगत तालिम दिइएको छ । मङ्गलबार प्युठान नगरपालिका-८ नं. वडाका विभिन्न कृषि फर्मका सञ्चालकहरुलाई एक दिने तालिम सञ्चालन गरिएको हो ।

परियोजना कार्यान्वयन इकाई खलंगा, प्यूठानको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष संचालन हुने कार्यक्रम मार्पmत कृषकहरुको सहभागिता थियो ।

तालिममा बोकासी मल र बनस्पतिक विषादी बनाउने तरिका र यसको फाइदाको विषयमा कृषकरुलाई सहजीकरण गरिएको थियो । सहभागि कृषकहरुलाई व्यावहारिक रुपमै बनस्पतिक विषादी र बोकासी मल बनाउने तालिम दिइएको हो । तालिममा प्रत्येक सहभागिहरुलाई जैविक विषादी बनाउने ड्रम र सामाग्रि वितरण गरिएको छ ।

तालिमको सहजिकरण गर्दै परियोजना कार्यान्वयन इकाई, प्यूठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरीले भने ‘हामिले किताब पढेका मात्र छौं, कृषकहरुले बारीमा कुटो कोदाली बोकेर बालि उत्पादन गर्दा हुने समस्याहरुको अनेकौं ज्ञान लिनुभएको छ ।’ हरेक किसानहरुमा चिन्तन हुनुपर्ने जसले गर्दा समस्या समाधान गर्न मद्दत हुने उनले बताए ।

‘साच्चिकै काम गर्ने किसानलाई ५ सय रुपैयाँको बिउपल दिने हो भने पनि ठूलो गुण सम्झन्छ तर काम नगर्ने किसानलाई १ लाख अनुदान दिएपनि पाएन र भएन भन्छ,’ उनले भने ।

तालिममा सहजिकरण गर्दै पूmलबारी एकिकृत ग्रामिण विकास संस्थाका आई.पि.एम. टेक्निसियन बासु बस्नेतले रसायनिक मलको प्रयोग हटाउँदै बोकासी र गोबर मलको प्रयोग गर्नुपर्छ जसले गर्दा हाम्रो उत्पादन राम्रो हुने बताए ।

तालिममा सहभागिहरुलाई बनस्पतिक विषादी र बोकासी मल बनाउने तरिका व्यावहारिक रुपमै सिकाईएको थियो । जसको सहजिकरण पनि बासु बस्नेत, प्यूठान नगरपालिका-८, नं. वडाका कृषि प्राविधिक श्रीधरा पण्डित, परियोजना कार्यान्वयन इकाई खलंगा, प्यूठानका ना.प्रा.स. विपिन खड्का समेतले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...