News Portal

रेडियो सुन्नुहोस्

मन्त्री झाँक्रीले ३२ हजार पत्रकार विश्वकर्माको परिवारलाई गरिन  सहयोग

सिखबर संवाददाता१२ माघ, काठमाडौं
१३०९ पटक
१२ माघ, काठमाडौं

उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् ।

मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत माघ ६ बिहान निधन भएको थियो ।

पहिले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले पाटन रिफर गरेको थियो । निजामती कर्मचारी अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ । यस विषयमा छानबिन गर्न अस्पतालले दिनेशकुमार लम्सालको स‌ंयोजकत‍वमा छानबिन समिति गठन गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...