News Portal

रेडियो सुन्नुहोस्

मन्त्री झाँक्रीले ३२ हजार पत्रकार विश्वकर्माको परिवारलाई गरिन  सहयोग

सिखबर संवाददाता१२ माघ, काठमाडौं
१२०५ पटक
१२ माघ, काठमाडौं

उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् ।

मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत माघ ६ बिहान निधन भएको थियो ।

पहिले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले पाटन रिफर गरेको थियो । निजामती कर्मचारी अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ । यस विषयमा छानबिन गर्न अस्पतालले दिनेशकुमार लम्सालको स‌ंयोजकत‍वमा छानबिन समिति गठन गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...