News Portal

रेडियो सुन्नुहोस्

आइ.एम.ई. लाइफ इन्स्युरेन्सद्वारा बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी

बोम बहादुर परियार२०७८ माघ २१
१४२८ पटक
२०७८ माघ २१

आइ.एम.ई. लाइफ इन्स्युरेन्स प्यूठानले बिमितको परिवारलाई घरमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । ऐरावती गाउँपालिका ५, खवाङ निवासी मिलन के.सी.को परिवारलाई भुक्तानी दिइएको शाखा प्रमुख विष्णु पाण्डेले जानकारी दिए ।

निर्माण व्यवसायी बिमित के.सी.को ५ महिना अँघि भदौ ३० गते २७ वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिमितिले विजुवार निवासी भुपेन्द्र श्रेष्ठ मार्फत २०७६ भदौ २० गते आइ.एम.ई. लाइफ इन्स्युरेन्समा बिमा गराएका थिए ।

श्रेष्ठका अनुसार के.सी.ले २० लाख रुपैयाँको २० वर्षे (धन सरिता ५ प्रतिशत मोनि ब्याक) प्लानको जीवना बिमा गराएका थिए ।
बिमितले आफ्नो बिमाको २ किस्ता रकम २ लाख ११ हजार १ सय अठासी रुपैया जम्मा गरेका थिए ।

बिमितको परिवारलाई २० लाख ७८ हजार रुपैयाको चेक घरमै पुगेर दिइएको हो । दाबी भुक्तानी कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम तिमिल्सिना, ऐरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाह, बिमा कम्पनीका कर्मचारी तथा एजेन्सी म्यानेजर, स्थानीयवासी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...