News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहीनीमा २ दिने एकृकित जनस्वास्थ्य अभियान शिविर

तेजेन्द्र बि. एम.२०७८ फागुन ३
१८४३ पटक
२०७८ फागुन ३

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहिनी गाउँपालिका –६, लुङ बाहानेमा एकृकित जनस्वास्थ्य अभियान शिविर सुरु भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र नौबहिनी गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको हो ।

शिविरमा गाउँपालिका भित्रका ८ वटै वडाका नागरीकले सेवा लिन पाउने छन् । उक्त शिविरमा फिस्टुला तथा पाठेघर मुखको क्यानसर, संङकास्पद कुष्टरोग, क्षयरोग, उच्च रक्तचाप र मधुमेहका बिरामीहरुलाई चेकजाच गरिएको छ ।

शिविर सञ्चालनको पहिलो दिन २ सय १३ जनाले सेवा लिएका छन् । जसमा ५३ जना पुरुष र १ सय ६० जना महिला रहेका छन् । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि महिला विशेषज्ञद्धारा सेवा दिईएको शिविरमा संग्लन डाक्टर पारुल खड्काले जानकारी दिएका छन् ।

चेकजाच गराएका मध्ये २ जना महिलाहरुकोे पाठेघरमा गम्भिर खालको समस्या देखिएको पनि खड्काले झुलेनी पोष्टलाई जानकारी दिए ।
दुर्गम ठाउँमा पनि स्वास्थ्य सेवाको पहुच पु¥याउने उद्देश्यले शिविर संचालन गरिएको हो ।

यो संगै शिविर सञ्चालनको पहिलो दिनमा ४४ जनाले कोभिड —१९ बिरुद्धको पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...