News Portal

रेडियो सुन्नुहोस्

विश्व नारी दिवस र नेपालमा नारीको अवस्था

सरद बिष्ट२०७८ फागुन २४, प्यूठान
१७५ पटक
२०७८ फागुन २४, प्यूठान

हरेक वर्ष आउने फाल्गुन २४ गते अर्थात मार्च ८ मा विश्वका धेरैजसो मुलुकमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी दिवस भनेको के हो ? यो दिवस किन मनाइन्छ भन्नु भन्दा पहिले नारीको हुन् ? सर्व प्रथम यसको विशाल अर्थ थाहा पाउनु पर्दछ । त्यसैले नारी भनेको हेमाङ्कराज अधिकारीले प्रधान सम्पादक गरेको नेपाली वृहद् शब्दकोष अनुसार नर+ई मिली नारी भन्ने हुन्छ । जुन तत्सम शब्द हो । जस्को अर्थ महिला, स्त्री, आइमाई, स्वास्नी मान्छे र सिंगो नारी जाति भनेर उल्लेख गरेको छ ।

यो दिवस संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा उद्योगमा सन् १८५७ मार्च ८ आजकै दिन महिलाहरुले पनि पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक एकजुट भएर आन्दोलनमा सहभागी भएका थिए । उक्त मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाहरुले राष्ट्रिय स्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरेका थिए । फ्रान्सको पेरिस सहरमा पनि सन् १८८९ मार्च ८ मा पहिलो अन्तराष्ट्रिय स्तरको महिला सम्मेलन भएको थियो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल आमसभा, जुलुस र हडताल भयो । उक्त आन्दोलनका मागहरुमा पुरुष समान ज्याला पाउनु पर्ने, १० घण्टा भन्दा बढी कामको विरोध, मातृशिशुको अधिकार, मजदुर संगठनमा महिलाको पनि मताधिकार हुनु पर्ने आदि विषयहरुको उठान भएको थियो ।

सन् १९७६ लाई संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्यो । विश्वका झण्डै १८९ सरकारका प्रतिनिधिद्धारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छा अनुसाार राजनितीमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्कि विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार सहितको ऐतिहासिक कदमको निर्णय गरियो । जुन निर्णय महिला हकहितको लागि विश्वभर लागु हुँदै गयो । विश्वका अन्य देशहरुमा झँै प्रत्येक वर्ष हाम्रो देश नेपालमा पनि अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाउने गरिन्छ । तर, दुःखको करा के छ भने आम नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिदैन । सरसर्ती हेर्दा महिलाले समानताको लडाई शुरु गरेको एक शताव्दी भन्दा बढी भईसकेको अवस्थामा समेत महिला विरुद्धको शोषण, असमानता, विभेद, बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराध पनि एक्काइसौ सताब्दीसम्म आईपुग्दा पनि अन्त्य भइसकेको छैन । त्यसमा पनि हाम्रो जस्तो पुरुष प्रधान देशहरुमा त अझै धर्म, संस्कृति रपरम्पराको नाममा महिला माथि विभेद र शोषण कायमै छन् ।

हाम्रो जस्तो विकासोन्मोख देशमा ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् । गाँउघरमा बसोबासको दृष्टिकोणले पनि हेर्दा प्राय महिला नभएको घर नै हुदैन । पुरुषहरु कमाउन विदेशतिर जाने भएकोले गाँउघरमा महिलाहरुको बर्चश्व धेरै छ । तर पनि, महिलालाई समाजले हेर्ने दृष्टिकोण नै नीच खालको भएकोले आफ्नो आवाजहरु वुलन्द गर्न सक्दैनन् । नेपाली महिलाहरुको विडम्वना यही छ । भागीरथी भट्ट र निर्मला पन्तको बलात्कार पछिको हत्या त देशको उदाहरण मात्र हुन । कति महिला दिदी–बहिनीहरु दिनमा बलात्कृत हुन्छन ?, कति बालिकाहरुको दिनमा बाल बिवाह हुन्छ ?, कति बुहारी चेली कर्मघरबाट पिडित हुन्छन् ?, कति महिलाहरु प्रसवको पिडा बढी भएर मर्छन ? कति महिला भारतको शहरमा बेचिएका छन् ? कति नेपाली महिलाहरु विदेशको खाडी मुलुकमा साना बालबच्चाहरु छोडेर काम गर्न बाध्य भएका छन्? कति बालिका र महिलाहरु शिक्षाको उज्यालो घामबाट बञ्चित भएका छन् त्यसको बारेमा सरकार नै बेखबर होला ।

नेपालमा, मार्च–८ को दिनलाई नारी दिवसको रुपमा मनाउनु पर्दछ भनेर मात्र अर्थ हुदैन । देशभर आमसभा, नारा जुलुस गरेर मात्र महिलाहरुको अधिकार सुनिश्चित हुदैन । नेताहरुले भाषण गर्दैमा महिलाहरु सुरक्षित हुन्छन भन्ने कुरा ग्यारेन्टी छैन् । पार्टी प्यालेस र तारे होटलमा महिला अधिकारका बारेमा कुरा र बहस गरेर सम्भव छैन । महिला अधिकारका लागि देशैभर महिला जागरण र सचेतना ल्याउनु पर्दछ । संविधानमा महिला अधिकारका धारा र उपधारा लेखेर मात्र हुदैन् । कार्वान्वयनको लागि राज्यका सबै निकायहरु क्रियाशिल हुनु पर्दछ । महिलाहरुलाई समाज र सिंगो देशमा हेर्ने दृटिकोण त्यति रामे छैन् । त्यही भएर नै महिलाहरु राज्यको हरेक निकायमा पछाडी परेका छन् । भन्ने बेलामा महिलाहरु देशको आधा धर्ति हुन भन्ने तर, व्यवहारमा त्यसो गरेको पाइदैन् । कतिपय ठाँउहरुमा महिलालाई बोक्सीको आरोपमा गाई, वस्तुको गोबर र मलमुत्र खुवाएको कारुणीक खबरहरु पत्रपत्रिकामा आउँछन । नारीलाई प्रयोग गरिने शब्दहरु आइमाई, स्वास्नी मान्छे, वेश्या, राँडी, वोक्सेनी, विधुवा जस्ता शब्दहरु आफैमा घृणित छन् । यही शब्द सञ्जालले नै महिलाहरुलाई संकुचीत घेरामा राखेको छ । धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिको देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष समान व्यवहार गर्न सकेको छैन् । दैनिक जसो आउने नेपालका ठुला मिडियाहरुले महिला हिंसा, विभेद, बलत्कार, शोषणजस्ता खबरहरुले प्राय पहिलो पेजमा स्थान पाएका हुन्छन् । जन्म उत्सव देखि मुत्यु संस्कारसम्म महिला भेदभाव र अपहेलना नेपालमा अझै छ ।

अबको नारी दिवस मनाउनु भनेको देशमा नयाँ जागरण ल्याउनको लागि देशैभरका महिला दिदी–बहिनीहरु एकजुट हुनुपर्दछ । महिला नै महिलाको शत्रु भएर होइन्, मित्र भएर अगाडी बढ्नु पर्दछ । हिमाल, पहाड र तराईका सबै क्षेत्रमा बसोबास गर्दै आउनु भएका महिला दिदी–बहिनीहरुको विषयमा हरेक दिन नयाँ जागरण, नयाँ अभियान र नयाँ शशक्तिकरणकासाथ मुलुक अगाडी बढ्यो भने मार्च–८ र नारी दिवस मनाउनुको अर्थ र सार्थकता रहन्छ । देशमा शान्ति, समृद्धि र शुसासनको पनि प्रत्याभूति हुन्छ । समाजमा जरो गाडेर पुरातनवादी सोचमा परिर्वतन र पुरुषवादी मानसिकतामा शुद्धिकरण भई समानताको व्यवहार देख्न पाईयोस् । नेपालमा मात्र नभएर विश्वभरका सबै महिलाहरुले आफ्नो राज्यमा स्वतन्त्रता, न्याय र कानुनी राज्यभएको अनुभूति गर्न सकून । फाल्गुन २४ गते ११२ औं नारी दिवसको भव्य शुभकामना ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी