News Portal

रेडियो सुन्नुहोस्

राजनीतिबाट बीभत्स ‘युवाहरुका सपना’

हरिप्रसाद भण्डारी२०७८ चैत्र ०१, प्यूठान
४७३ पटक
२०७८ चैत्र ०१, प्यूठान

बसाई हिँड्नेको ताँतिले बस्नेको मन रुवाउँदछ ।
लाखौँको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ ।

छोरा र छोरीको आँसु देख्दा छाति पोलेर आउँदछ ।
साहुको ऋण संझदा मनमा डढेलो लाग्दछ ।
बसाइँ हिड्नेको ताँतिले……

जे.वी. टुहुरेले आफ्नो जीवनको उत्तराद्र्धसम्म गुञ्जाईरहने आमजनता र युवाहरुको वास्तविक हालतको शब्द संयोजन हो यो । आज पनि लाखौँका लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ ।

निःशुल्क स्वास्थ्य, सुरक्षित र सम्मानित रोजगारी, व्याक्तिगत, पारिवारीक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सुरक्षाको सुनिस्चितता, निःशुल्क शिक्षा, भौतिक पुर्वाधार तथा मानव विकास, संविधान प्रदत्त र अन्तराष्ट्रिय मानव अधिकारहरुको सुनिस्चितता । वस्, यो नै आज एक युवाले देख्ने सबैभन्दा ठुलो सपना हो । अर्थात् देशमै सुरक्षित र सम्मानित रोजगारी मिलोस । दिनभर पसिना बगाएपछी साँझ परिवारसंगै एक छाक खाएर सुत्न पाईयोस, सुत्ने वेला छोरी बलात्कृत हुने, आमा उपचार नपाएर मर्नु पर्ने, श्रिमती मन्दिर जाँदा कुटिनु पर्ने, छोरा पढ्ने पैसा नभएर खाडी पस्नु पर्ने अनि बुढेसकालमा भोकमरीले मर्नुपर्ने वा प्रौढमा आफ्नो भुमीबाट खेदिनुपर्ने त्रासले अनिद्रा नहोस् । तर, सबथोक उल्टो भईरहेको छ ।

युवाहरु खाडीमा काँध खुल्काई रहेका छन्, छोरीहरु विद्यालयबाट फर्किदा बलात्कृत भईरहेका छन, हजुरआमाहरु खोकी लाग्दा उपचार नपाएर मरिरहेका छन्, मनको आस्था र हातको कर्मका आधारमा विभेदपुर्ण जीवन बिताउनु परेको छ, खाडीमा युवाले पसिना बगाएको पारिश्रमिक शैक्षिक दलालहरुले लुटिरहेका

युवाहरु खाडीमा काँध खुल्काई रहेका छन्, छोरीहरु विद्यालयबाट फर्किदा बलात्कृत भईरहेका छन, हजुरआमाहरु खोकी लाग्दा उपचार नपाएर मरिरहेका छन्, मनको आस्था र हातको कर्मका आधारमा विभेदपुर्ण जीवन बिताउनु परेको छ, खाडीमा युवाले पसिना बगाएको पारिश्रमिक शैक्षिक दलालहरुले लुटिरहेका छन्, पुखौँदेखि आदिवासीहरुले नङग्रा खियाएको भुमि माफियाहरुको कब्जामा छन् । युवाहरुसंग ‘हामी विर गोर्खाली’ भन्ने ईतिहास देखी गर्व गरिएको वाक्य बाहेक केहि छैन । सबथोक खोसिएर पनि यो मुलुकको गौरव, नेपाली हुनुको गर्व, राष्ट्र र माटो प्रतिको प्रेम र राष्ट्रियता एवं स्वाभिमानमा छिसिक्कै कमि आउन दिएको छैन ।

यो देशका धेरै भिआईपी र भिभिआईपिहरुको कोटको यौटा खल्तिमा नेपाली नागरिकता र अर्को खल्तिमा पि.आर. वा ग्रीनकार्ड छ । कैयौँका नाममा नेपालमा सुन्य सम्पत्ती भएर छोराछोरी र श्रीमतीका नाममा युरोप र अमेरीकाका ठुला सहरमा गगनचुम्मि वंगलाहरु छन् । उनिहरुको भान्छामा जुम्लाको मार्सि, रोल्पाको सिस्नु, दाङको बधिया, पुर्वको कड्कनाथ र सोलुखुम्वुको घ्यु हरेक दिनपुग्छ ।

यो देशका धेरै भिआईपी र भिभिआईपिहरुको कोटको यौटा खल्तिमा नेपाली नागरिकता र अर्को खल्तिमा पि.आर. वा ग्रीनकार्ड छ । कैयौँका नाममा नेपालमा सुन्य सम्पत्ती भएर छोराछोरी र श्रीमतीका नाममा युरोप र अमेरीकाका ठुला सहरमा गगनचुम्मि वंगलाहरु छन् । उनिहरुको भान्छामा जुम्लाको मार्सि, रोल्पाको सिस्नु, दाङको बधिया, पुर्वको कड्कनाथ र सोलुखुम्वुको घ्यु हरेक दिनपुग्छ । सामान्य अस्वस्थ हुँदा विश्वका सबैभन्दा सुविधा सम्पन्न महँगा अस्पत्तालको पहुँच छ । यत्रो खाडल र अन्तरालका विच आज युवाहरुले आशा, विश्वास र भरोसा गर्न छोडिसकेका छैनन् । मुलुकमा हाम्रो लोकतन्त्र छ, हाम्रो पार्टी छ, हाम्रो सपना छ र सन्निकट उदाउँदै गरेको समृद्धी छ । यी सब सपना मनमा सजाएर खाडिमा जलिरहेको युवाको शरीर जब शव हुन्छ, ६ महिना लगाएर बाकसमा सन्तानको शव फर्काउँन त्यहि वर्गसंग हात जोडनु नै अन्तिम विकल्प रोज्ने अभिभावक देख्दा यौटा बालकले सोँच्छः अब त केही होला ! साँच्चि, विद्रोहको ज्वालामुखीको टुप्पोमा आज पनि आशाको दियो बलिरहेको छ । युवाहरु मैनबत्ति जस्तो खाडिमा जलेर यो देशमा आशाको दियो बालिरहेका छन् । विदेशिएका युवाहरुले पठाएको रेमिट्र्यान्स र वैदेशिक ऋणले मुलुक धानिएको छ । मानौ देश उनिहरुले चलाईरहेका छन् । तर, चुनावहरु आउँछन जान्छन् रेमिट्यान्सले देश चलाईरहेका उनिहरुको मत गणना हुनेत परै जावस उनिहरु के सोच्छन भनेर समेत सोचिन्न । स्वदेशमै केहि गरौँ भन्ने युवाहरुका लागी न आशाको वातावरण छ न भविस्यको सुनिस्चितता । हरेक दिन युवाहरुको टाउकोमा राष्ट्रिय ऋण थुप्रिदैछ । विश्वका धेरै देशहरुले नागरिकलाई उपलब्ध गराउने मुल्यभन्दा कैयौँ गुणा महँगो मुल्यमा दैनिक जिवन यापन गर्नु परेको छ ।

नागरिकलाई संविधानले अधिकार दिएका धाराहरु कहिल्यै हेरिएन । सरकार वनाउने, ढाल्ने, नयाँ बनाउने, विश्वासको मत, अविश्वासको प्रस्ताव, महाअभियोग जस्ता फगत राजनीतिक फण्डाहरु माथि रटान लगाईयो, पटक–पटक प्रयोग गरियो । तर, आधारभुत स्वास्थ्य, शिक्षा, युवाहरुको रोजगारी, शान्ति सुरक्षा, उत्पादन तथा उद्यमशिलताका बारेमा न केहि सोचियो न केहि बोलियो । सत्ता, शक्ती र सरकारका फोहोरी खेलहरु जस्ले साधारण र आधारभुत वर्गलाई सकारात्मक हिसाबले छुदैन त्यहि विषयले राजनीति, सञ्चारमाध्यम, नागरिक समाजका संस्था र संगठनहरुमा प्राथमिकता पाईरह्यो । सरकार ढाल्न र चुनाव जित्नबाहेक आमजनताका एजेण्डाहरु कहिल्यै प्राथमिकतामा परेनन् । सडकमा नारा लगाउँदा आमजनताका एजेण्डाहरु डकार्ने र सत्तामा पुगेपछी सत्ता स्वार्थको निम्ति जस्तासुकै हर्कतहरु पनि गर्ने भद्धा दलाली र बेईमानीले आजको व्यवस्था माथिनै निराशा उत्पन्न भईरहेको छ ।

नागरिकलाई संविधानले अधिकार दिएका धाराहरु कहिल्यै हेरिएन । सरकार वनाउने, ढाल्ने, नयाँ बनाउने, विश्वासको मत, अविश्वासको प्रस्ताव, महाअभियोग जस्ता फगत राजनीतिक फण्डाहरु माथि रटान लगाईयो, पटक–पटक प्रयोग गरियो । तर, आधारभुत स्वास्थ्य, शिक्षा, युवाहरुको रोजगारी, शान्ति सुरक्षा, उत्पादन तथा उद्यमशिलताका बारेमा न केहि सोचियो न केहि बोलियो ।

सत्ता जोगाउन रातारात मन्त्रालय फुटाएर अर्वौ खर्च बढाईन्छ, आवश्यक नै नभएको दरवन्दी श्रृजना गरेर घर बस्ने कार्यकर्तालाई राज्यकोषको रकम बाडिन्छ, आफुलाई जस् नमिल्ने भएपछी राष्ट्र वर्वाद भए पनि चुँवोलिन्न । आधारभुत वर्गले अहिले पनि आफ्नो व्यवस्थाको अनुभुति गर्न पाएको छैन । विश्वको कैयौँ मरुभुमीले घेरीएका गरिव देशहरुले यो ५०–६० वर्षको विचमा आफ्नै देशको जनशक्ती, प्राकृतिक सम्पदा, खनिज र योजनाको प्रयोग गरेर महाशक्ती राष्ट्रहरुलाई चुनौतिदिने भईसकेका छन् । गरिव भनिएका कैयौँ मुलुकहरुमा महाशक्ती राष्ट्रका नागरिकले रोजगारी खोज्ने लहर चलेको छ । अबको ५, १० र ५० वर्षमा संसारको अवस्था, आवश्यकता र संभावित चुनौतिहरुको विश्लेषण गरेर नयाँ खोज र आविश्कार गरिरहेका छन् ताकिः त्यति बेला समेत विश्व बजार र अर्थतन्त्रमा पछि पर्नु नपरोस । उनिहरुले आजको विश्व बजार, जीवनशैली, विश्वव्यापी नीति र आमलगानीको विश्लेशण गरेर दशकौँ पछिका योजना बनाईरहेका छन् । सरकार परिवर्तन भए पनि मुलभुत राष्ट्रिय निती, अर्थतन्त्रका रणनितीक दृष्टिकोण र योजनाहरु, संवैधानिक आयोग र निगमका योजना एवं जनशक्ती र योजनाहरुमा ठुलो बदलाव ल्याईदैन । तर, हाम्रो मुलुकमा यो ५०–६० को दशकमा केवलवाद, व्यवस्था र सत्ता परिवर्तनका खेल खण्डहरु मात्र चलिरहे । कैयौँ आन्दोलन र जनधनको क्षेति भयो । प्राय अनुहार पुरानै भए पनि व्यवस्थाका नाम र संरचनाहरु बदलिए । तर, बिवशता हाम्रो मुलुकमा कति समयका लागी के विधिवाट कुर्ची र सत्ताको खेल लम्व्याउने भन्ने बाहेक योजनाहरु बन्दैनन्।

महँगीले सिमा नाघिसकेको छ । बेरोजगारीको समस्या व्याप्त छ । आधारभुत र विपन्न वर्गको दैनिकी कठिन र कष्टपुर्ण छ । साधारण जीवनयापनको निम्ती आज मुलुकका युवाहरु जस्ता ेसुकै जोखिम मोल्न बाध्य छन् । शिक्षामा व्यापक दलालिकरण र असमानता छ । दुर्गमका कैयौँ जनता आज पनि आधारभुत स्वास्थ्य सेवाको पहुँचमा छैनन् । शैक्षिक जनशक्ती मुलुकबाट पलायन भईरहेको छ । प्राकृतिक श्रोत साधन, खनिज तथा नदिनालाहरु शक्तीकेन्द्र र वैदेशिक मुलुकको कब्जामा छन् । शान्ती सुरक्षा चुनौतिपुर्ण अवस्थामा छ । न्यायालयमा खुलमखुल्ला पैसाको वार्गेनिङ चल्छ । आफ्नाहरुको मलजल र कमिसनको खेल चल्ने ठाउँमा बजेटको ओईरो लाग्छ तर, त्यसो नहुने ठाउँमा विकासको खडेरी लाग्छ । हरेक चुनावहरुमा युवाहरुका मन स्वर्णिम सपनाले सजाईन्छन् । तर, तिनै सपनाहरु चुनाव पछी बलात्कृत हुन्छन सपना देखाउनेहरुबाटै । आजका युवाहरुमा राजनीतिबाट देखाईएका सपनाहरु राजनीतिबाटै बलात्कृत भएका छन् । राजनीतिका प्रतिवद्धताहरु फगत झुट, बेईमानी र धोकाधडी बनिरहेका छन् । राजनीतिमा आफ्ना आश्वासन र प्रतिवद्धता माथिको उत्तरदायित्व र जवाफदेहिता शुन्य छ ।

हरेक चुनावहरुमा युवाहरुका मन स्वर्णिम सपनाले सजाईन्छन् । तर, तिनै सपनाहरु चुनाव पछी बलात्कृत हुन्छन सपना देखाउनेहरुबाटै । आजका युवाहरुमा राजनीतिबाट देखाईएका सपनाहरु राजनीतिबाटै बलात्कृत भएका छन् । राजनीतिका प्रतिवद्धताहरु फगत झुट, बेईमानी र धोकाधडी बनिरहेका छन् । राजनीतिमा आफ्ना आश्वासन र प्रतिवद्धता माथिको उत्तरदायित्व र जवाफदेहिता शुन्य छ ।

हाम्रा शासकहरुलाई कुर्ची र सत्ताको फोहोरी खेलबाहेक जनताका एजेण्डाहरुले छुदैन । जनताका आवाजहरु सुन्न र बोल्नका लागि कि चुनाव आउनुपर्छ कि त सत्ता वदल्ने सिक्वेन्स चलाउने उपयुक्त समय भएको हुनुपर्छ । यो निकै ठुलो विडम्वना हो । हरेक व्यवस्था परिवर्तनका आन्दोलनहरुले केहीको वर्ग उत्थान त भयो तर, आमजनताको दैनिकिमा महसुस गराउन पहल भएन । युवाहरुलाई सपना देखाउने र ति सपनाहरुलाई वेवारिसे बनाउने र बिभत्स हत्या गर्ने निर्मम शोषणको निरन्तरता रहिरह्यो भने यस्ले निकै ठुलो विद्रोह जन्माउन सक्छ । युवाहरुका निम्ती उजाड र अवसरबिहिन देशमा समृद्धी आउन सक्तैन । नागरिकका आधारभुत आवश्यकता पुरा गर्न नसक्ने व्यवस्था जनताको व्यवस्था हुन सक्तैन । हरेक नागरिकले सुरक्षित महसुस गर्न नसक्ने देशमा लोकतन्त्र हुन सक्तैन । भोक र रोगविरुद्धको सुनिस्चितता दिन नसक्ने शासकहरुले समाजवादमा हैन असल पुजिवादमा समेत पुर्याउँन सक्तैनन् । यसर्थ यो अवस्था तत्कालै बदल्न जरुरी छ । राजनीतिकर्मीहरु सार्वजनिक व्यक्ती हुन । यसर्थ राजनीतिक दल र नेताको अभिव्यक्ती पनि सार्वजनीक सवाल हो । हरेक राजनीतिक प्रतिवद्धताहरु आमजनता र जनताप्रतिको दायित्वको रुपमा बुझेर राजनीतिक घोषणा र प्रतिवद्धता माथिको उत्तरदायित्व र जवाफदेहिता सुनिस्चित गरिनुपर्छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी