News Portal

रेडियो सुन्नुहोस्

डिभिजन वन कार्यालय प्यूठानको नव निर्मीत भवनको उद्धघाटन

झुलेनी नेटवर्क२०७८ चैत ९, प्यूठान
१५४५ पटक
२०७८ चैत ९, प्यूठान

मल्लरानी गाउँपालिका ४ खलंगामा निर्माण गरिएको डिभिजन वन कार्यालय प्यूठानको नब निर्मित भवनको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भवनको आज उद्धघाटन गरेका हुन् । भवनको उद्धघाटन गर्दै मन्त्री हमालले भवन निर्माण भएसङ्गै काम गर्ने कर्मचारी र सेवा लिने सेवाग्राहीलाई पनि सेवा लिन, दिन थप सहजता मिल्ने बताएका छन् ।

कार्यालयबाट दिईने हरेक सेवा सुविधा सहज तरिकाले प्रदान गर्न मातमहतका कर्मचारीलाइ हमालले निर्देशन समेत दिए ।

वनजन्य जडीबुटीहरुको उत्पादनलाई प्राथामिकता दिएर वनलाई सम्ब्रद्धन र संरक्षण गर्नुपर्ने कुरामा कार्यालयको ध्यान पुग्नुपर्ने उनकाे भनाइ थियो । जथाभावी हुने वन फडानी,वनमा आगो लाग्न नदिन, वन संरक्षण गर्नु कार्यालयको मात्र जिम्मेवारी नभई यसमा स्थानीय बासीहरुको पनि उलेख्य भुमिका रहने बताए । उद्घाटन कार्यक्रमको अवसर पारेर कार्यालय परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, नौवहीनी गाउँपालिका अध्यक्ष शिव रिजाल, जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधी, स्थानीय अगुवा सहित स्थानीयवासीको सहभागितामा भवन उद्घाटन कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...