News Portal

रेडियो सुन्नुहोस्

 प्यूठान अस्पतालको लेखा फाँटमा निमार्ण व्यवसायी संघकाे तालाबन्दी

झुलेनी नेटवर्क२०७८ चैत २४ प्यूठान
१६२६ पटक
२०७८ चैत २४ प्यूठान

निमार्ण कार्य र निमार्ण सामग्रीको भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायि संघ प्यूठानले प्यूठान अस्पतालको चिकित्सक कक्ष र लेखा फाटमा तालावन्दी गरेको छ । करिव तिन बर्ष अगाडी प्यूठान अस्पतालकोे आईसोलेसन निमार्ण गर्नका लागि ५ जना व्यवसायि मार्फत लिएको २२ लाख रुपैया बराबरको निमार्ण सामग्रीको भुक्तानी नदिएकोे भन्दै तालाबन्दी गरेका हुन ।

प्यूठान अस्पतालले आईसोलेसन एवम् अपाङ्गमैत्री चर्पी निमार्ण,पर्दा,कारर्पेट ,बेड लगाएत सामाग्री लिएको थियो । बिहिबार निमार्ण व्यवसायि संघ प्यूठानका कोषाध्यक्ष विश्यक थापाको अगुवाईमा सदस्यहरु झपेन्द्र शर्मा,अर्जुन विक ,विरेन्द्र कुमार श्रेष्ठ र गोविन्द बहादुर कार्कीले ताला लगाएका हुन । यता प्यूठान अस्पतालको लेखा फाटमा कार्यरत कृष्ण प्रसाद श्रेष्ठले भने गत बर्षको पुस महिनामा बसेको सर्वपक्षिय बैठकले प्यूठान अस्पताललाई स्तरोउन्नती गर्ने र विशेषज्ञ चिकित्सकहरु अस्पतालमा खटाउने निणर्य गरेको बताए ।

उक्त निणर्य गरिए प्रश्चात जिल्लाका ९ वटै स्थानिय तहहरुले बैठक बसेर नै बजेट निकासा गर्ने निणर्य गरेका थिए । निणर्य अनुसार निमार्ण कार्य सम्पन्न भयो । तर निमार्ण कार्य सम्पन्न भए पनि स्थानिय तहहरुले भुक्तानी दिन भने वेवास्ता गरिरहेका छन । निमार्ण कार्य सम्पन्न भएको ३ वर्ष सम्म पनि निमार्ण सामग्रीको भुत्तानी नपाउँदा व्यवसायि हरु आक्रोसित बनेका हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...