News Portal

रेडियो सुन्नुहोस्

 प्यूठान अस्पतालको लेखा फाँटमा निमार्ण व्यवसायी संघकाे तालाबन्दी

झुलेनी नेटवर्क२०७८ चैत २४ प्यूठान
१४१६ पटक
२०७८ चैत २४ प्यूठान

निमार्ण कार्य र निमार्ण सामग्रीको भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायि संघ प्यूठानले प्यूठान अस्पतालको चिकित्सक कक्ष र लेखा फाटमा तालावन्दी गरेको छ । करिव तिन बर्ष अगाडी प्यूठान अस्पतालकोे आईसोलेसन निमार्ण गर्नका लागि ५ जना व्यवसायि मार्फत लिएको २२ लाख रुपैया बराबरको निमार्ण सामग्रीको भुक्तानी नदिएकोे भन्दै तालाबन्दी गरेका हुन ।

प्यूठान अस्पतालले आईसोलेसन एवम् अपाङ्गमैत्री चर्पी निमार्ण,पर्दा,कारर्पेट ,बेड लगाएत सामाग्री लिएको थियो । बिहिबार निमार्ण व्यवसायि संघ प्यूठानका कोषाध्यक्ष विश्यक थापाको अगुवाईमा सदस्यहरु झपेन्द्र शर्मा,अर्जुन विक ,विरेन्द्र कुमार श्रेष्ठ र गोविन्द बहादुर कार्कीले ताला लगाएका हुन । यता प्यूठान अस्पतालको लेखा फाटमा कार्यरत कृष्ण प्रसाद श्रेष्ठले भने गत बर्षको पुस महिनामा बसेको सर्वपक्षिय बैठकले प्यूठान अस्पताललाई स्तरोउन्नती गर्ने र विशेषज्ञ चिकित्सकहरु अस्पतालमा खटाउने निणर्य गरेको बताए ।

उक्त निणर्य गरिए प्रश्चात जिल्लाका ९ वटै स्थानिय तहहरुले बैठक बसेर नै बजेट निकासा गर्ने निणर्य गरेका थिए । निणर्य अनुसार निमार्ण कार्य सम्पन्न भयो । तर निमार्ण कार्य सम्पन्न भए पनि स्थानिय तहहरुले भुक्तानी दिन भने वेवास्ता गरिरहेका छन । निमार्ण कार्य सम्पन्न भएको ३ वर्ष सम्म पनि निमार्ण सामग्रीको भुत्तानी नपाउँदा व्यवसायि हरु आक्रोसित बनेका हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...