News Portal

रेडियो सुन्नुहोस्

स्थानीय निर्वाचनमा सीमान्तककृत समुदायको सहभागिता र सञ्चारको भूमिका विषयमा अन्तरक्रिया

झुलेनी पोष्ट२०७९ बैशाख ३
१५३० पटक
२०७९ बैशाख ३

जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सिमान्तकृत समुदायको सहभागिताको सवाल, मतदाताहरु मतदान प्रक्रियामा सहभागि नहुने र सहभागि भएर पनि मत बदर हुने जस्ता सन्दर्भलाई मध्यनजर गरि यो अभियान सुरु गरेको आयोजकले जनाएको छ ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियाले निवार्चनको गरिमा र महत्व बढाउने र निर्वाचन प्रक्रियामा सीमान्तकृत समुदायको सहभागिताले त्यस समुदाय प्रति जवाफदेही जनप्रतिनिधि छनोट गर्न मद्वत गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले बताईन् । विभेदका कारण पछाडी पारिएको वा पछि परेको लिङ्ग, वर्ग र समुदायका नागरिकलाई राज्यको निति निर्माण र शासन प्रक्रियामा समावेश गराउनको लागि निर्वाचनमा सीमान्तकृत समुदाय र महिलाहरुको सहभागिताले लोकतान्त्रिक निर्वाचन प्रक्रिया बलियो हुने उनले बताईन् । यसले मतदाताहरुलाई आफ्नो शक्ति र जनप्रतिनिधिलाई थप जिम्मेवार बोध गराउँन समेत मद्वत गर्ने उनको भनाई रहेको छ ।

सीमान्तकृत समुदायमा जनप्रतिनिधिको नेतृत्व बहन गर्न सक्ने क्षमता भएपनि आर्थिक अभावका कारण पछि पारिएको उकदाहरण धेरै भएको भन्दै यसलाई न्यूनिकरण गर्न राजनैतिक दलले व्यवस्थापन गर्नुपर्ने सहभागि धनि दमाईले बताईन् ।

सेन्टरले ११ वटा जिल्लामा यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएको र हाल प्यूठान सहित ५ जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिसकेको आयोजकले जनाएको छ ।

जागरण मिडिया सेन्टरको आयोजना, वल्र्डभ्यू नेपालको सहयोग र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा महासंघका अध्यक्ष सञ्जय रिजाल रहेका थिए । सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने लोकेन्द्र सुनारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...