News Portal

रेडियो सुन्नुहोस्

स्थानीय निर्वाचनमा सीमान्तककृत समुदायको सहभागिता र सञ्चारको भूमिका विषयमा अन्तरक्रिया

झुलेनी पोष्ट२०७९ बैशाख ३
७९९ पटक
२०७९ बैशाख ३

जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सिमान्तकृत समुदायको सहभागिताको सवाल, मतदाताहरु मतदान प्रक्रियामा सहभागि नहुने र सहभागि भएर पनि मत बदर हुने जस्ता सन्दर्भलाई मध्यनजर गरि यो अभियान सुरु गरेको आयोजकले जनाएको छ ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियाले निवार्चनको गरिमा र महत्व बढाउने र निर्वाचन प्रक्रियामा सीमान्तकृत समुदायको सहभागिताले त्यस समुदाय प्रति जवाफदेही जनप्रतिनिधि छनोट गर्न मद्वत गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले बताईन् । विभेदका कारण पछाडी पारिएको वा पछि परेको लिङ्ग, वर्ग र समुदायका नागरिकलाई राज्यको निति निर्माण र शासन प्रक्रियामा समावेश गराउनको लागि निर्वाचनमा सीमान्तकृत समुदाय र महिलाहरुको सहभागिताले लोकतान्त्रिक निर्वाचन प्रक्रिया बलियो हुने उनले बताईन् । यसले मतदाताहरुलाई आफ्नो शक्ति र जनप्रतिनिधिलाई थप जिम्मेवार बोध गराउँन समेत मद्वत गर्ने उनको भनाई रहेको छ ।

सीमान्तकृत समुदायमा जनप्रतिनिधिको नेतृत्व बहन गर्न सक्ने क्षमता भएपनि आर्थिक अभावका कारण पछि पारिएको उकदाहरण धेरै भएको भन्दै यसलाई न्यूनिकरण गर्न राजनैतिक दलले व्यवस्थापन गर्नुपर्ने सहभागि धनि दमाईले बताईन् ।

सेन्टरले ११ वटा जिल्लामा यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएको र हाल प्यूठान सहित ५ जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिसकेको आयोजकले जनाएको छ ।

जागरण मिडिया सेन्टरको आयोजना, वल्र्डभ्यू नेपालको सहयोग र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा महासंघका अध्यक्ष सञ्जय रिजाल रहेका थिए । सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने लोकेन्द्र सुनारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...