News Portal

रेडियो सुन्नुहोस्

गठबन्धनको हलो कहाँ अड्कियो ?

झुलेनी नेटवर्क२०७९,बैशाख ४ गते
७५७ पटक
२०७९,बैशाख ४ गते

प्यूठानमा सत्तारुढ गठबन्धन दलहरुबीच पद बाडफाडमा कुरा नमिलेपछि एक्लाएक्लै उम्मेदवार घोषणा गर्न थालेका छन् । गाउँगाउँमा निर्वाचनको अभियान तयारी तीव्र पार्नुपर्नेमा सत्तारुढ गठबन्धन दलहरु दिनहु प्यूठान नगरपालिका ४ स्थित जुम्रीको होटल आयुष्मामा बसेर चरण चरणमा बार्ता गरेपनि आईतबार सम्म सहमतिमा पुग्न सकेका छैनन् । तालमेल र भागबण्डा मिलाउन नसक्दा चरणबद्ध छलफल मात्रै भइरहेको नेपाली कांग्रेस प्यूठान क्षेत्रनम्बर २ का क्षेत्रिय सभापति रोज राणाले झुलेनी पोष्टलाई जानकारी दिए ।
जिल्लाका पालिका र वडा अनुसार उम्मेदवारीमा आआफ्नै दाबी भएकाले निष्कर्षमा पुग्न समस्या भएको उनले बताए । सबै पाँचै दलबीच संयुक्तरुपमा गठबन्धन गर्न समस्या भएपछि नेपाली कांग्रेसले राजमो संग गर्नेकी माओबादी केन्द्रसंग गठबन्धन गर्ने भन्ने बारे पनि छलफल भइरहको उनले बताए । यस अघि प्यूठानमा गठबन्धनका सबै दलहरु निर्वाचनमा संयुक्त गठबन्धन गरेर जाने कुराको छलफल सहमति नजिक पुगेको नेताहरूले दाबी गर्दै आएका थिए ।
जिल्लाका ९ स्थानीय तहमध्ये नौबहिनीमा माओबादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुने सहमति नजिक पुगेको स्रोतको दावि छ । यहाँ अघिल्लो २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत यी दुई दलबीच नै चुनावी गठबन्धन भएको थियो । माण्डबी गाउँपालिकामा माओबादी केन्द्रले सिंगलरुपमै आफ्ना उम्मेदवारको नाम सिफारीस गरेर सार्वजनिक गरिसकेको छ ।
यस अघि जितेका स्थानमा जस्ले जितेको छ उसैले प्रमुख पाउने र एमालेले जितेका स्थानमा भागबन्डा गर्ने भद्र सहमति गत चैत्र २८ गते भएको भन्दै गठबन्दधन दलहरुले बिज्ञप्ती सार्वजनिक गरेका थिए । निर्वाचन लड्ने चाहाना राखेका कार्यकर्ताको चर्को दवाबका कारण जिल्ला भरमै भागबन्डा गरेर तालमेल गर्न समस्या भएको गठबन्धनमा सहभागि एक नेताले जानकारी दिए । जिल्लाभरमै संयुक्तरुपमा तालमेल गरेर भागबन्डा गर्न प्राविधिक समस्या भएको भन्दै दलहरुले स्थानीय तहरुमै व्यापक छलफल गरि तालमेल गर्न कार्यकर्तालाइ निर्देशन गरेका छन् ।
प्यूठानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने गरी गठबन्धन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...