News Portal

रेडियो सुन्नुहोस्

गठबन्धनको हलो कहाँ अड्कियो ?

झुलेनी नेटवर्क२०७९,बैशाख ४ गते
९४१ पटक
२०७९,बैशाख ४ गते

प्यूठानमा सत्तारुढ गठबन्धन दलहरुबीच पद बाडफाडमा कुरा नमिलेपछि एक्लाएक्लै उम्मेदवार घोषणा गर्न थालेका छन् । गाउँगाउँमा निर्वाचनको अभियान तयारी तीव्र पार्नुपर्नेमा सत्तारुढ गठबन्धन दलहरु दिनहु प्यूठान नगरपालिका ४ स्थित जुम्रीको होटल आयुष्मामा बसेर चरण चरणमा बार्ता गरेपनि आईतबार सम्म सहमतिमा पुग्न सकेका छैनन् । तालमेल र भागबण्डा मिलाउन नसक्दा चरणबद्ध छलफल मात्रै भइरहेको नेपाली कांग्रेस प्यूठान क्षेत्रनम्बर २ का क्षेत्रिय सभापति रोज राणाले झुलेनी पोष्टलाई जानकारी दिए ।
जिल्लाका पालिका र वडा अनुसार उम्मेदवारीमा आआफ्नै दाबी भएकाले निष्कर्षमा पुग्न समस्या भएको उनले बताए । सबै पाँचै दलबीच संयुक्तरुपमा गठबन्धन गर्न समस्या भएपछि नेपाली कांग्रेसले राजमो संग गर्नेकी माओबादी केन्द्रसंग गठबन्धन गर्ने भन्ने बारे पनि छलफल भइरहको उनले बताए । यस अघि प्यूठानमा गठबन्धनका सबै दलहरु निर्वाचनमा संयुक्त गठबन्धन गरेर जाने कुराको छलफल सहमति नजिक पुगेको नेताहरूले दाबी गर्दै आएका थिए ।
जिल्लाका ९ स्थानीय तहमध्ये नौबहिनीमा माओबादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुने सहमति नजिक पुगेको स्रोतको दावि छ । यहाँ अघिल्लो २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत यी दुई दलबीच नै चुनावी गठबन्धन भएको थियो । माण्डबी गाउँपालिकामा माओबादी केन्द्रले सिंगलरुपमै आफ्ना उम्मेदवारको नाम सिफारीस गरेर सार्वजनिक गरिसकेको छ ।
यस अघि जितेका स्थानमा जस्ले जितेको छ उसैले प्रमुख पाउने र एमालेले जितेका स्थानमा भागबन्डा गर्ने भद्र सहमति गत चैत्र २८ गते भएको भन्दै गठबन्दधन दलहरुले बिज्ञप्ती सार्वजनिक गरेका थिए । निर्वाचन लड्ने चाहाना राखेका कार्यकर्ताको चर्को दवाबका कारण जिल्ला भरमै भागबन्डा गरेर तालमेल गर्न समस्या भएको गठबन्धनमा सहभागि एक नेताले जानकारी दिए । जिल्लाभरमै संयुक्तरुपमा तालमेल गरेर भागबन्डा गर्न प्राविधिक समस्या भएको भन्दै दलहरुले स्थानीय तहरुमै व्यापक छलफल गरि तालमेल गर्न कार्यकर्तालाइ निर्देशन गरेका छन् ।
प्यूठानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने गरी गठबन्धन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...