News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : किसानको दुःख कसले सुन्ने ?

झुलेनी नेटवर्क२०७९ बैशाख २०, प्यूठान
८५५ पटक
२०७९ बैशाख २०, प्यूठान

प्यूठान नगरपालिका वडा नं ७ टिकुरी बसपार्क देखि अलिकति तल बाँध बाँधेर क्वाडीसम्म सिँचाईको लागि लगिने कुलो वडा नं ७ भित्रको सत्तरी फाँट, सिम्ले लगायत क्षेत्रमा अव्यवस्थित छ । उक्त सिँचाई कुलोको छेउछाउमा खलंगा, बड्डाँडा, सारीबाङ, भित्रिकोट, टिकुरी लगायतका स्थानीय किसानहरुको खेत छ । सो कुलोमा व्यवस्थित वाँध नभएका कारण ती किसानले समस्या खेप्नु परेको छ। अव्यवस्थित कुलोमा छेकबाँध नभएकाले खेत खोल्दैे खेतहरुमा कुलोको पानी अनावश्यक पस्दा ठुला ठुला खाडलहरु समेत बनाएको छ ।

पटकपटक सम्बन्धित वडा र नगरपालिका धाउँदा पनि उनीहरुको कुरा सुनुवाई नभएको किसानहरुको भनाई छ । स्थानीय विष्णुदेवी खत्रीले कुलोको कारण धेरै समस्या भोग्नु परेको गुनासो गरिन । उनले आफ्नो खेत कुलोको छेउँमा परेको कारण पटकपटक बाँध लगाउँदा पनि कुलोले बाँध भत्काई खेतीलाई असर पारेको बताइन । वर्षयाममा दर्जनौ किसानलाई समस्या निम्ताउने कुलोको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जावस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...