News Portal

रेडियो सुन्नुहोस्

प्रकाण्ड लगायतका नेता, कार्यकर्ता गिरप्तारीको विरोधमा प्यूठानमा पनि कोणसभा

सिखबर संवाददातासाउन २५ प्यूठान
१२५० पटक
साउन २५ प्यूठान

नेपाल कम्युनिष्ट पार्टी प्यूठानले पार्टी प्रवक्ता एवम् स्थायी समिति सदस्य खडक बहादुर बिश्वकर्मा (प्रकाण्ड) लगायतका नेता कार्यकर्ता हरूको गैह्रन्यायिक गिरफ्तारी को विरोधमा आज प्यूठानमा कोणसभा सम्पन्न गरेको छ। प्यूठानको माण्डवी गाउपालिका चकचकेमा आयोजित कोणसभालाई जिल्ला सचिवालय सदस्य एवम् स्वर्गद्वारी नगरपालिका ईन्चार्ज गिरू प्रसाद भुसाल (परिवर्तन) लगायतका नेताहरु ले सम्बोधन गरेका थिए। कोणसभा लाई सम्बोधन गर्दै सरकारले शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न पाउने संवैधानिक हक लाई समेत प्रतिबन्ध लगाउन खोजेर फासिवादी चरित्र उदाङ्गो पारेको बताए।
विना कारण गिरफ्तार गरिएका पार्टी प्रवक्ता खडक बहादुर बिश्वकर्मा लगायतका नेता कार्यकर्ता हरुलाई बिना शर्त रिहा को माग गर्दै रिहा नगरिए शशक्त प्रतिवाद गर्न समेत आफ्नो पार्टी तयार रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ले आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाईको लागि चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको उक्त पार्टीले श्रावण २९ गते नेपाल बन्दको आयोजना गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...