News Portal

रेडियो सुन्नुहोस्

मिलोमतोमा गुणस्तरहिन काम : स्थानीय सरकार मुखदर्शक

झुलेनी नेटवर्क२०७९ जेठ ३०, प्यूठान
५०८ पटक
२०७९ जेठ ३०, प्यूठान

प्यूठान नगरपालिका ७ डल्लेमा उपभोक्ता समिति मार्फत ऐतिहासीक डल्ले सराय नाँच लगाउने क्षेत्रमा भइरहेको काम गुणस्तरीय नभएको गुनासो आएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन कार्यालय कोहोलपुर बांके मार्फत ६५ लाख खर्च गर्नेगरि उभोक्ता समिति मार्फत भइरहेको काम गुणस्तरीय नभएको गुनासो स्थानीयले गरेका हुन् । सूरुमा प्यूठान नगरपालिका–४, भित्रीकोटमा खसआर्य संग्रालय निर्माण गर्ने भनेर विनियोजन भएको बजेटको काम डल्ले क्षेत्रमा गर्न लागिएको छ । भित्रीकोटमा हुने काम अन्यत्र गर्न थालेको भन्दै भित्रीकोट क्षेत्रका स्थानीयको समेत गुनासो छ ।

काम गर्दा लापरबाही भइरहेको स्थानीयले गुनासो गर्दा सरोकारवाला निकाय मुखदर्शन बनेको भन्दै मिलोमतो आशंका स्थानीयले गरेका छन् । वडा कार्यालय नगरपालिकाले आफ्नो क्षेत्रमा काम भइरहँदा देखे/नदेखेझैं गरेका छन् । जबकि त्यही क्षेत्रको बाटो हुँदै हरेक दिन प्रहरी, प्रशासन र स्थानीय सरकारका प्रतिनिधि ओहोरदोहोर गर्ने गर्दछन् । खोलाको पाकोमाटो मिसीएको बालुवा प्रयोग गरिएको छ । ‘मात्रा भन्दा कम सिमेन्ट राखेर काम भइरहेको छ,’ एक स्थानीयले भने, ‘यसले गर्दा निर्माणकै चरणमा लगाउँदै गरेका वालहरु चर्कन थालेका छन् ।’ जुनकाम गर्दा धेरै कमाउन सकिन्छ त्यही काम स्टिमेट गरेर काम गर्न थालिएको छ । आवश्यक नै नभएको स्थानमा मेसिनरी वाल लगाउन थालिएको अर्का स्थानीयले गुनासो गरे । डल्ले सराय नाच नाच्ने मुख्य मौलो रहेको क्षेत्रमा पनि आवश्यकतानै नभएको स्थानमा ढलान गर्न थालिएको छ ।

उभोक्ता समिति को–को हुन ?, लागत कति हो ? भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन । निर्माण स्थलमा होडिङबोर्ड समेत राखीएको छैन् । उपभोक्ता समिति मार्फत भएको कामको रेखदेख गर्न आफू विरामी परेका कारण पुग्न नसकेको पर्यटन कार्यालय बांकेका प्रमुख माधब शर्माले जानकारी गराए । ‘यस विषयमा इन्जिनियरलाई बुझ्न लगाएको छु,’ उनले भने, ‘काम राम्रो नभएको भए रोक्न लगाउने छु ।’ समिति मार्फत नै यहीकै पून्यखोलाको ऐतिहासीक ठूलो पोखरी मर्मतको पनि काम भइरहेको छ । जहाँ गत वर्ष सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङ मार्फत मर्मतको काम भएको थियो । त्यो काम एक वर्ष भित्रमै जिर्ण भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...