News Portal

रेडियो सुन्नुहोस्

बर्खा लाग्यो ! पानी पर्दैन, किसानहरु चिन्तित वन्न थाले, मकैका बेर्ना बारीमै सुक्न थाल्यो ।

झुलेनी नेटवर्क२०७९असार,५ प्यूठान
६३८ पटक
२०७९असार,५ प्यूठान

प्यूठानमा वर्षा नहुदा खडेरीले अन्नबाली सुक्न थालेको छ । असार सुरु भै सक्दा समेत आकासबाट पानी नपर्दा किसानहरुले खेतबारीमा रोपेका मकै, धानको विऊ,तरकारी बाली लगाएत सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
प्यूठानका धेरै ग्रामिण भेगहरुमा खेतीपाती गर्नका लागि आकासे पानीको भर पर्नु पर्ने बाध्यता छ । विकट क्षेत्रमा सिँचाई सुविधा नहुदा यहाँका किसानहरुलाई आकासे पानिमा भर  पर्नुपरेकाे हाे ।
समयमा पानी परेन खानेपानी आधा घण्टाको समय लगाएर बोक्नु पर्छ, त्यो पानी मान्छेले खाने की गाई वस्तुलाई खुवाउने ? सारै पिरोलेको छ, माण्डवी गाउँपालिका वडा नं.२ मर्कावाङ धन्चौर निवासी वसन्ता खत्रीले भन्नुभयो ! घरखर्च चलाउने भनेर बारीमा टमाटर रोपेका छौ, चर्को घामले महिना दिनको मेहिनत खेर गयो, बारीमा मकै सबै सुकेका छन, धानको विउँ राखेको त्यो पनि खेतमै सुकेको छ ; उहाँले दुखेसो सुनाउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रमा केही मात्रामा पानी परे पनि अन्य स्थानमा भने पानी पर्न सकेको छैन । सिँचाईको सुविधा भएका किसानहरुले सिँचाई गरेर खेतीबाली जोगाए पनि सिँचाईको असुविधा भएको स्थानका किसानहरु आकासे पानीको प्रतिक्षामा छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा...

ईजरायलबाट फर्किएर पूर्वश्रीमतिको हत्या

ईजरायलबाट फर्किएका एक युवकले आफु बैदेशिक रोजगारीमा रहेको बेला दोश्रो विवाह गरेकी पूर्वश्रीमतिको हत्या गरेका...

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...