News Portal

रेडियो सुन्नुहोस्

अविरल वर्षाले झिमरुक नदिको बहाब बढ्यो,भालुबाङ–प्यूठान सडक समेत अवरुद्ध

झुलेनी नेटवर्क२०७९ असार १५
९०४ पटक
२०७९ असार १५

आज रातभर परेको अविरल बर्षाका कारण झिंमरुक नदिको बहाब बढेको छ । यसले गर्दा नदि आसपासका खेतहरु नदिले कटान गरेको छ । नदिको बहाब बढेपछि प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै प्रतिक्षालय अासपासमा लगाइएको तटबन्धन भत्काएको छ । यो ठाउँबाट नदि प्यूठान नगरपालिका वरीपरिको बस्तीमा पस्ने खतरा बढेको स्थानीय गोबिन्द कार्कीले बताए । नदिले कटान गरेर तटबन्धन भत्काएको क्षेत्रमा समयमै मर्मत गर्न स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन् ।
रातभर परेको अविरल पानीका कारण रातीदेखि रोल्पा प्यूठान प्रवेस गर्ने मुख्य सडक भालुबा—प्यूठान सडक अवरुद्ध भएको छ । यो सडक अन्तर्गत खहरे, बडडाँडा ओरालो, देविस्थान लगायत स्थानमा पहरो गएका छन् । पहरो ह्टायएर सडक खुलाउने कार्य कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी नेटवर्कलाई जानकारी दिए । यस्तै विभिन्न स्थानमा गएको पहिरोका कारण बाग्दुला–मच्छि सडक खन्ड पनि अवरुद्ध छ । जिल्लाका धेरैजसो ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...