News Portal

रेडियो सुन्नुहोस्

अविरल वर्षाले झिमरुक नदिको बहाब बढ्यो,भालुबाङ–प्यूठान सडक समेत अवरुद्ध

झुलेनी नेटवर्क२०७९ असार १५
११४९ पटक
२०७९ असार १५

आज रातभर परेको अविरल बर्षाका कारण झिंमरुक नदिको बहाब बढेको छ । यसले गर्दा नदि आसपासका खेतहरु नदिले कटान गरेको छ । नदिको बहाब बढेपछि प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै प्रतिक्षालय अासपासमा लगाइएको तटबन्धन भत्काएको छ । यो ठाउँबाट नदि प्यूठान नगरपालिका वरीपरिको बस्तीमा पस्ने खतरा बढेको स्थानीय गोबिन्द कार्कीले बताए । नदिले कटान गरेर तटबन्धन भत्काएको क्षेत्रमा समयमै मर्मत गर्न स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन् ।
रातभर परेको अविरल पानीका कारण रातीदेखि रोल्पा प्यूठान प्रवेस गर्ने मुख्य सडक भालुबा—प्यूठान सडक अवरुद्ध भएको छ । यो सडक अन्तर्गत खहरे, बडडाँडा ओरालो, देविस्थान लगायत स्थानमा पहरो गएका छन् । पहरो ह्टायएर सडक खुलाउने कार्य कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी नेटवर्कलाई जानकारी दिए । यस्तै विभिन्न स्थानमा गएको पहिरोका कारण बाग्दुला–मच्छि सडक खन्ड पनि अवरुद्ध छ । जिल्लाका धेरैजसो ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...