News Portal

रेडियो सुन्नुहोस्

फेरिँदै भालुबाङ प्यूठान सडक

झुलेनी नेटवर्क२०७९ असार १७, प्यूठान
१५८९ पटक
२०७९ असार १७, प्यूठान

२०६६ सालमा कालोपत्रे भएपछि मर्मत नभएको भालुबाङ–प्यूठान सडक यसपालि मर्मत भएर फेरिँदै छ । भालुबाङ–प्यूठान सडकमा यात्रा गर्दा सडकमा काम गर्ने कामदारहरु ठाउँठाउँमा भेटिन्छन् । सडक मर्मत भएपछि यात्रागर्न पनि केहि सहज भएको छ । लामो समयसम्म सडक मर्मत नहुँदा खाल्डा खुल्डीले गर्दा यात्रा कठिन भएको यात्रुको गुनासो थियो ।

सडकका घुम्तीहरु कटिङ गर्ने, ग्याबीन लगाउने, सेप्टी व्यारीयर लगाउने लगायत काम गरेर खाल्डा खुल्डी भएको स्थानमा कालोपत्रे गर्ने काम हिजोहाज धमाधम भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले बताए । सडक क्षेत्रका पुलहरुमा रंग–रोगन गर्ने, ट्राफिक संकेतहरु राख्ने लगायत काम समेत भइरहको कार्यालयले जनाएको छ ।

यस वर्ष पुल, सडक बोर्ड, निर्वाचन क्षेत्र रणनैतिक सडक, वैकल्पिक सहायक राजमार्ग, राजमार्ग पुर्नरस्थापना अन्तर्गत काम भइरहेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । भालुबाङ– प्यूठान मोटर बाटोको ट्र्याक खोलेको ३४ वर्ष भयो । २०६६ सालमा भारतिय एक्जीम बैंकको सहयोगमा तत्कालीन सडक डिभिजन कार्यालय मार्फत यो सडक वाटासिल कालोपत्रे गरिएको थियो ।

दाङको भालुबाङ देखि प्यूठान खलंगा र रोल्पा लिबाङ हुदै डारबोट जाने सडकमा दैनिक ३–४ सय गाडी आउजाउ गर्छन् । गत वर्ष सडक डिभिजन कार्यालय प्यूठानबाट हटेको थियो । यसले सडकको मर्मत कहाँबाट हुने भन्ने कुरा अन्यौल थियो । पछि कार्यालय स्थापना भएपछि हिजोआज सडक मर्मतको काममा तिब्रता आएको देखिन्छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...