News Portal

रेडियो सुन्नुहोस्

बेवारीसे शवको व्यवस्थापन नहुँदा समस्या

झुलेनी नेटवर्क२०७९ असार २१, प्यूठान
११०८ पटक
२०७९ असार २१, प्यूठान

बेवारीसे शवको समयमै व्यवस्थान नगर्दा दुर्गन्ध बढेको स्थानीयले गुनासो गरेका छन । एक साता पहिले प्रहरीले झिमरुक नदि किनारमा फेला पारेर प्यूठान नगरपालिका ४ बिजुवार स्थित पोष्टमाटम घरमा राखेको शवका कारण दुर्गन्ध बढेको स्थानीयको गुनासो छ ।

सडक छेउमै रहेको अव्यवस्थीत पोष्टमाटम घरमा शव रहेकाले समस्या भएको स्थानीय बिरेन्द्रकुमार श्रेष्ठले गुनासो गरे । विद्युत लाइन गएको समयमा शव गृहमा राखिएको फ्रिज बन्द हुने र त्यो समय वरिपरि बस्न नसकिने गरि शवको गन्ध आउने गरेको स्थानीय सत्यदेवि श्रेष्ठले बताइन ।

बिजुवार मित्रमणी चोक देखि सुनारटोल जाने सडक किनार स्थित बस्ती बिचमै शव गृह राखिएकाे कारण यहाँका स्थानीयले सधै यस्तै समस्या वेहोर्नु परिरहेको स्थानीय सूर्या श्रेष्ठले बताइन । बस्ती नजिकै रहेको शव गृह हटाउन स्थानीयले लामोसमय देखी माग गरेपनि सुनुवाइ नभएको बताए । शव ल्याएर सरोकारवाला निकायले व्यवस्थापन गर्न ढिलाइ गरेको साे स्थानीयवासीको गुनासो छ । यसरी बस्ती बिचमै रहेको शव गृहमा लामो समयसम्म बेवारीसे शव राख्न नहुने प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुनकुमार कक्षपतिले बताए । उनले स्थानीयको गुनासोबारे प्रहरीलाई जानकारी गराएको बताए । बेवारीसे शव व्यवस्थान गर्न ढिलाई भएको भन्ने गुनासो आएको जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले बताए । उनले चाडै शवको व्यवस्थापन गरिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...