News Portal

रेडियो सुन्नुहोस्

कविता : झिमरुक नदी र चिवेचराको कथा

बसन्त जिसी चिन्तन्२०७९ श्रावण १७, प्यूठान
२१२ पटक
२०७९ श्रावण १७, प्यूठान

बाल्यकालमा पद्य शैलीको कथा सुनेका थियौँ ।
शब्द लयको तालमा आफ्नो भेक गुनेका थियौँ ।
आफ्नो जन्मभुमीको वक्ष, भुजा र आँचल चियाएका थियौँ ।
प्राचीन किम्वदन्तीलाई वर्तमानमा नियाँलेका थियौँ ।

हरेक पुस्ताले सुनाउँदै आएको त्यहि प्राचीन कथा,
भनिन्थ्यो त्यसलाई झिमरुक नदी र चिवे चराको कथा ।
प्युठानी जनले सुन्नुभएको छ होला यस्तो कथा,
कथाले भनेजस्तै थियो थियन अज्ञान थियो सत्यता ।

तर कथाको नाम त मिलेन है या त मिलाईयन,
भोटो सिलाई पहिरेपछि धोँती चाँही सिलाईयन ।
या त दृष्टि नपुगेकै होला चेरनेटा भन्दा यता,
कथानाम सँगै शंका जन्मियो संस्कार एवं सभ्यता ।

झिमरुक र माडी नदी माथी ओहोरदोहोर गर्ने चिवे चरा,
यता र उताको खबर पुर्याउन उडी रहने चिवे चरा ।
दुई नदी र एक चराको कथामा माडीको नाम पर्यो वितरा,
शायद त्यही भयर त हैन कतै माडी सधै बिचरा ।

गौमाताको मुखबाट अञ्जली वृष्टि भयको हो रे,
झिमरुक नामकी गंगापुत्रीले यात्रा आरम्भ गरिन अरे ।
सुनकै खानीबाट धाँचा चिरेर उछीट्टीदैँ खहरे बनी,
बहिनी हुँ म माडी भन्दै दौडीएकी थिईन रे उनी ।

सेचन पर्खेका बालीबस्तीको तिर्खा नमेटी आँखा मिचोली,
निराश बनाउदै हताश हुँदै लुकेर गहिराइ मुनी छिचोली ।
मेरी दिदी कहाँ पुग्यौ तिमी भन्दै जङ्घार बनी,
फोड्दै पहाड तोड्दै पखान पुगीन पनाहा मुनी ।

झिमरुक दिदीलाई ज्ञात भएन बहिनी भेट्न आईरहेछिन,
गर्तन लुङ जुम्री र छापे अन्य स साना डोलाईरहेछिन ।
आफ्नो यात्रालाई सुस्त बनाउँदै टारी र फाँटलाई फेरो हाल्दै,
पखान पखेरा छलेर उर्वर माटो कता छ भनी नियाल्दै ।

छापे खोलाको सम्मीलनमा भलाकुसारी भएकै बेला
चिवे चराले सन्देश दियो दिदी तिमीलाई भयो अवेला
माडी बहिनी पुगीसकिन है ऐरावतीमा पर्खीरहेछिन
सुनेर सन्देश झिमरुकले पनि दौडेर जान कम्मर कसेछिन

दिदी बहिनीको क्षणिक भरमा मिलन भयो साथी बनेर,
अँगालो मारी सहयात्रा भयो नामसन्धिमा राप्ती भनेर ।
खुशी खुशीमा रात गुज्रीयो बिहानी भयो बेला काटेर,
बस्तीवालीको व्यग्र प्रतिक्षा बालुवा सँग माटो साटेर ।

साटेको माटो घुमाउरो बाटो नेपाली माटो भारत पुराए,
सागर भेट्न पुगेनन चेली विहार नपुगी कता हराए ।
दन्त्य कथा त यति नै थियो सत्य कथा अब शुरु हुन्छ,
हँसिलो अनुहार छ अझैसम्म तर वाचन गरिरहँदा मन रुन्छ ।

नामै छुटेको त हैन मर्का उल्टो र सुल्टो घुम्दो रहेछ चर्खा,
चेरनेटा काटी शुरु हुने प्युठान सकिने रहेछ काटेर अर्खा ।
त्यहि बिच मात्र रहेछ प्युठान नेताको यता पुगेन आँखा,
विकास निर्माण पहुँचबाट विमुख भयो माडीको पाखा ।

उषाको किरण ज्ञानको ज्योती चेतना सभ्यता एकातर्फ,
अँध्यारो छायाँ निभेको बत्ती कुहिरोले ढाक्यो अर्कातर्फ ।
चम्किलो अनुहार सुकिलो पहिरन प्युठानी भन्ने पहिचान बढाई,
दुईबाली धानले भरिने धन्सार पोषिलो घाँसले दुधको कुँडाई ।

धान फल्ने माटो किन खाने आटो दिनहुँ पाक्ने जडनको भात,
कोटका देवली फाँटका सराँय लेकका टुप्पा दलितको जात ।
पढेर शिक्षा धनिका छोरा माक्र्स लेनिनका चेला भतिजा,
क्रान्तीका नायक जन्मिए धेरै उडेर गए फिँजाई पखेटा ।

चाहार्दै बादल छिचोल्न सकेनन कुहिरो मुनी हराय काग,
एकताको सुत्र बलियो हुन्थ्यो तर खोजे आफ्नै अंशका भाग ।
चुत्राको घारी आकाशे टारी गहिरो माडी ढुंगेनी माटो,
स्वर्गको द्धार पुग्नलाई पनि हिड्नु नै पर्ने नर्क झैँ बाटो ।

घैँटोमा पानी घैँटो मै अन्न बेताल मादल चैट र च्याट्ट,
लाहुरे आउँदा सिगरेट पिउने महिना बित्दा पातेबिँडी स्वाट्ट ।
सृष्टीको ठगी भयो प्रकृति उठेन फेरि शिक्षा संस्कृति,
दिनभरि खाने रातभरि नाच्ने सभ्यता बन्यो सारै विकृति ।

न्याय निसाफको गुलामी गर्न चेरनेटा काटी जानु नै पर्ने,
घिउको ठेकी र पाठो बोकेर जिम्मालको दलान धाउनु नै पर्ने ।
झनपछि झनै पछाडी पर्दै हेलाको ठेला गुड्दै पो थिया,े
अङ्कुरित विज चेतनाको किरण डल्लो छलेर उठ्दै पो थियो ।

झिमरुकको पानी ड्याम बाट छानी पवित्र बनी माडीमा मिल्यो,
उज्यालो किरण ज्ञानको दृष्टि माडीले अन्धकार विस्तारै निल्यो ।
सुख समृद्धि हासिल गर्न लक्ष्यको झण्डा फहरायो यता,
रातपछि दिन अवश्य आउँछ जागरण शुरु भयो है यता ।

बहुत पढेका अनपढ जस्ता खुबै बुझेका अबुझ नेता,
प्रगति पथमा लम्कियो अब यताको सन्देश सुन है त्यता ।
खिया लागेको हँसियाले पनि काट्दैन साथी सुकेको रुख,
फुटेको गिलासमा राखेको दुध पुग्दैन अव हात र मुख ।

काँठ या फाँट जहाँ रहेनी समान दृष्टि नपुगेकै थियो,
माडीको क्षेत्र विभेदमा हेर्ने नैऋत्य कोण बनेकै थियो ।
झिमरुक नदी र चिवे चराको भेगीय अनि वर्गीय कथा,
कथाको झल्को उहि नै थियो थपियो केवल पिडा र व्यथा ।

ईतिहासको केवल स्मरण रहोस नदोहोरियोस फेरि अर्को कविता ।
रिसराग हैन खिसिटिउरी हैन नमिठो हुन्छ तितो सत्यता ।

उनी सरुमारानी गाउँपालिका वडा नं. २ का निवर्तमान वडाध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी