News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड बढ्यो, कार्यालयमा प्राप्त नेटवर्किङ डिभाईस नहुदाँ सेवाग्राहीलाई सास्ती

झुलेनी पोष्ट२०७९ साउन २३, प्यूठान
८९४ पटक
२०७९ साउन २३, प्यूठान

जिल्ला प्रसाशन कार्यालय प्यूठानमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढेको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढ्दै गएको हो ।
प्रशासनमा सेवाग्राहीहरुको भिडभाड बढेसगँै जिल्लामा लामो दुरिबाट परिचयपत्र तथा नेपाली नागरिकता वनाउन आएका सेवाग्राहीहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । कार्यालयमा प्राप्त मात्रामा सर्बर नेट र स्क्यानर नभएकाले जिल्लाका दुर्गम स्थानबाट राष्ट्रिय परिचयपत्र तथा नेपाली नागरिकता बनाउन आएका सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राष्ट्रिय परिचयपत्र तथा पन्जिीकरण विभागसगँ थप नेटवर्किङ डिभाईस, सिस्टम माग गरिएको बताईन् । नेपालले भदौ देखी यो समस्या समाधान हुने बताईन् ।
यसअघि परिचयपत्र बनाउनेको भिड लागेको भन्दै प्रशासनले करिब २ महिना अघि पालिका अनुसार बार तोकेर सेवाग्राहीलाई सेवा दिदै आएको थियो । प्रशासनले दैनिक ४० जनाको मात्र परिचयपत्र बनाउदै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...