News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड बढ्यो, कार्यालयमा प्राप्त नेटवर्किङ डिभाईस नहुदाँ सेवाग्राहीलाई सास्ती

झुलेनी पोष्ट२०७९ साउन २३, प्यूठान
११२३ पटक
२०७९ साउन २३, प्यूठान

जिल्ला प्रसाशन कार्यालय प्यूठानमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढेको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढ्दै गएको हो ।
प्रशासनमा सेवाग्राहीहरुको भिडभाड बढेसगँै जिल्लामा लामो दुरिबाट परिचयपत्र तथा नेपाली नागरिकता वनाउन आएका सेवाग्राहीहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । कार्यालयमा प्राप्त मात्रामा सर्बर नेट र स्क्यानर नभएकाले जिल्लाका दुर्गम स्थानबाट राष्ट्रिय परिचयपत्र तथा नेपाली नागरिकता बनाउन आएका सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राष्ट्रिय परिचयपत्र तथा पन्जिीकरण विभागसगँ थप नेटवर्किङ डिभाईस, सिस्टम माग गरिएको बताईन् । नेपालले भदौ देखी यो समस्या समाधान हुने बताईन् ।
यसअघि परिचयपत्र बनाउनेको भिड लागेको भन्दै प्रशासनले करिब २ महिना अघि पालिका अनुसार बार तोकेर सेवाग्राहीलाई सेवा दिदै आएको थियो । प्रशासनले दैनिक ४० जनाको मात्र परिचयपत्र बनाउदै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...