News Portal

रेडियो सुन्नुहोस्

सापडाँडामा साइबर क्राइम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

झुलेनी पोष्ट२०७९ साउन २६, प्यूठान
६०६ पटक
२०७९ साउन २६, प्यूठान

ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले साईबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानका असई राम बचन चौधरीको नेतृत्वमा खटिएको टोलीले आज प्यूठान नगरपालिका वडा नं.३ सापडाँडामा साइबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

पछिल्लो समय सामाजिक संजाल मोवाईल, इमेल, इन्टरनेट, फेसबुक म्यासेन्जरबाट अपराधिक घटनाहरु बढ्दै गईरहेको छ । सामाजिक संजालको प्रयोगबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्नका लागि सचेतनामुलक कार्यक्रम गरिएको असई चौधरीले बताए ।

कार्यक्रममा साइबर क्राइम भनेको के हो ? साइबर क्राइमका माध्यमबाट हुने ठगी, विभिन्न खालका नकारात्मक गतिवीधि, साईबर क्राइम सम्बन्धी कानुनी व्यवस्था लगाएतका बारेमा स्थानियलाई सचेत गराइएको छ ।

कार्यक्रममा प्यूठान नगरपालिका वडा नं.३ का वडा सदस्य मिन बहादुर खड्का, सापडाडा आधारभूत विद्यालयका प्रधानाध्यापक गेहराज अधिकारी, प्रहरी, स्थानीय, बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...