News Portal

रेडियो सुन्नुहोस्

सापडाँडामा साइबर क्राइम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

झुलेनी पोष्ट२०७९ साउन २६, प्यूठान
८३३ पटक
२०७९ साउन २६, प्यूठान

ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले साईबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानका असई राम बचन चौधरीको नेतृत्वमा खटिएको टोलीले आज प्यूठान नगरपालिका वडा नं.३ सापडाँडामा साइबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

पछिल्लो समय सामाजिक संजाल मोवाईल, इमेल, इन्टरनेट, फेसबुक म्यासेन्जरबाट अपराधिक घटनाहरु बढ्दै गईरहेको छ । सामाजिक संजालको प्रयोगबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्नका लागि सचेतनामुलक कार्यक्रम गरिएको असई चौधरीले बताए ।

कार्यक्रममा साइबर क्राइम भनेको के हो ? साइबर क्राइमका माध्यमबाट हुने ठगी, विभिन्न खालका नकारात्मक गतिवीधि, साईबर क्राइम सम्बन्धी कानुनी व्यवस्था लगाएतका बारेमा स्थानियलाई सचेत गराइएको छ ।

कार्यक्रममा प्यूठान नगरपालिका वडा नं.३ का वडा सदस्य मिन बहादुर खड्का, सापडाडा आधारभूत विद्यालयका प्रधानाध्यापक गेहराज अधिकारी, प्रहरी, स्थानीय, बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...