News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा १५ किलो भन्दा बढी अखाद्य मासु बरामद्

झुलेनी पोष्ट२०८१ जेठ १८
३६९ पटक
२०८१ जेठ १८

प्युठान नगरपालिका ८ बाग्दुला बजारवाट १५ किलो भन्दा बढी अखाद्य मासु बरामद गरिएको छ । शुक्रबार बजार अनुगमनका क्रममा बाग्दुलामा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीबाट १५ किलो ९३ ग्राम अखाद्य मासु बरामद गरिएको हो ।
उक्त मासु खान योग्य नहुने भन्दै प्रहरी, प्रशासन, पत्रकार र सरोकार वालाहरुको रोहवरमा खाडलमा पुरिएको छ ।


एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग बाणिज्य संघ प्यूठान, घरेलु तथा साना उद्योग कार्यालया प्यूठान , जिल्ला प्रहरी कार्यालय, पत्रकार सहितको टोलिले बिजुवार र बाग्दुलाका १० वटा मासु पसल र ४ वटा दुग्ध डेरीमा अनुगमन गरिएको थियो ।


अनुगमनका क्रममा पसलहरुको दर्ता तथा नविकरण, दररेट कायम, पसलको वोर्ड सेवा ग्राहीले देखिने गरी राख्न, पसल सरसफाई लगायतका विषयमा व्यापारीलाई सचेत गराईएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका भेटेनरी निरिक्षक डाक्टर गणेश बहादुर पुनले बताए । उनका अनुसार जिल्लाका अन्य पसलहरुमा असार महिना भित्रै अनुगमन गरिने पुनले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बुढा

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भोज विक्रम बुढालाई पुन: अध्यक्षमा...

प्रधानमन्त्रीद्वारा पाणिनी तपोभूमी सम्मेलन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीमा आयोजित पाणिनी तपोभूमी सम्मेलनको उद्घाटन गरेका छन्। बुधबार सम्मेलनको उद्घाटन...

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...