News Portal

रेडियो सुन्नुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

झुलेनी नेटवर्क२०८१ चैत्र २६
७७१ पटक
२०८१ चैत्र २६

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा महाआरती अनुष्ठान सुरु भएको छ।

बेलपत्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सुरु भएको वैशाख ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

बेलपत्रेश्वर विराट धार्मिक महायज्ञको लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री तुलसीराम शर्माले उद्घाटन गरेका छन। उद्घाटनको क्रममा प्रमुख अतिथी सांसद शर्माले धार्मिक महायज्ञले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक भित्राउन र जिल्लालाई चिनाउनका लागि योगदान दिने बताए।

बेलपत्रेश्वर विराट महायज्ञबाट बचेको रकमले सचिवालय सहितको धर्मशाला र संस्कृति पठनपाठनका लागि भवन निर्माण गर्ने बेलपत्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बेलपत्रेश्वर धार्मिक महायज्ञ मूल समारोह समितिका संयोजक शिव योगीले बताए ।

विराट महायज्ञमा प्रमुख कथा वाचक पण्डित सागर गुरागाईले कथा वाचन गर्ने आयोजकले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...