News Portal

रेडियो सुन्नुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

झुलेनी नेटवर्क२०८१ चैत्र २६
५५६ पटक
२०८१ चैत्र २६

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा महाआरती अनुष्ठान सुरु भएको छ।

बेलपत्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सुरु भएको वैशाख ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

बेलपत्रेश्वर विराट धार्मिक महायज्ञको लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री तुलसीराम शर्माले उद्घाटन गरेका छन। उद्घाटनको क्रममा प्रमुख अतिथी सांसद शर्माले धार्मिक महायज्ञले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक भित्राउन र जिल्लालाई चिनाउनका लागि योगदान दिने बताए।

बेलपत्रेश्वर विराट महायज्ञबाट बचेको रकमले सचिवालय सहितको धर्मशाला र संस्कृति पठनपाठनका लागि भवन निर्माण गर्ने बेलपत्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बेलपत्रेश्वर धार्मिक महायज्ञ मूल समारोह समितिका संयोजक शिव योगीले बताए ।

विराट महायज्ञमा प्रमुख कथा वाचक पण्डित सागर गुरागाईले कथा वाचन गर्ने आयोजकले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...