News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा १५ किलो भन्दा बढी अखाद्य मासु बरामद्

झुलेनी पोष्ट२०८१ जेठ १८
७८८ पटक
२०८१ जेठ १८

प्युठान नगरपालिका ८ बाग्दुला बजारवाट १५ किलो भन्दा बढी अखाद्य मासु बरामद गरिएको छ । शुक्रबार बजार अनुगमनका क्रममा बाग्दुलामा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीबाट १५ किलो ९३ ग्राम अखाद्य मासु बरामद गरिएको हो ।
उक्त मासु खान योग्य नहुने भन्दै प्रहरी, प्रशासन, पत्रकार र सरोकार वालाहरुको रोहवरमा खाडलमा पुरिएको छ ।


एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग बाणिज्य संघ प्यूठान, घरेलु तथा साना उद्योग कार्यालया प्यूठान , जिल्ला प्रहरी कार्यालय, पत्रकार सहितको टोलिले बिजुवार र बाग्दुलाका १० वटा मासु पसल र ४ वटा दुग्ध डेरीमा अनुगमन गरिएको थियो ।


अनुगमनका क्रममा पसलहरुको दर्ता तथा नविकरण, दररेट कायम, पसलको वोर्ड सेवा ग्राहीले देखिने गरी राख्न, पसल सरसफाई लगायतका विषयमा व्यापारीलाई सचेत गराईएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका भेटेनरी निरिक्षक डाक्टर गणेश बहादुर पुनले बताए । उनका अनुसार जिल्लाका अन्य पसलहरुमा असार महिना भित्रै अनुगमन गरिने पुनले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...